अर्घाखाँची चुनढुङ्गा उत्खननमा एमालेको संरक्षण रहेको नेपाली काङ्ग्रेसका केन्द्रिय नेता बि.सि. को आरोप

| २०७९ बैशाख २ गते १७: ४४ मा प्रकाशित

गुरुदेव खनाल। केहि दिन अगाडि यसै अर्घाखाँची बुलेटिन मोडिया मार्फत अर्घाखाँची का ने.क.पा. एमाले का प्रभाबसाली नेता केन्द्रिय सदस्य चेतनारायण आचार्य ले, अर्घाखाँचीमा भएको प्रकृतिको दोहन चुनढुङगा उत्खनन पर्ती गठबंधन , स्थानीय सरकार जिम्मेवार भयको सगै प्रत्यक्ष संरक्षण दियको आरोप लगाउदै स्थानीय सरकारको खुलेर आलोचना गर्नु भएको थियो। 

आज यसै बिषयमा  नेपाली काङ्ग्रेसका केन्द्रिय नेता बि.सि. ले त्यसको खण्डन सगै पलटवार गर्नु भएको छ। केन्द्र र प्रदेश मा दुई तिहाईको सरकार हुदा जनताको प्रत्यक्ष सरोकार र यस चुनढुङ्गा उत्खनन बिषयमा जिल्लाका एमालेका प्रतिनिधिले यस उत्खनन लाई अझ प्रोत्साहन गरेको आरोप लगाउनु भयो। बरु एमालेको तानाशाही सरकारको पालामा शक्तिको दुरुपयोग गर्दै नियतबस चुनढुङ्गा उत्खनन क्षेत्र आफ्नो कार्यकर्ता हरुलाई बलजफ्ती कब्जा गर्न लगायको संघिन आरोप समेत लगाउनु भयो। एमाले झुटको खेती गर्न महाभारत का कौरब सग तुलना पनि थोरै हुने बताउनु भयो।

काङ्ग्रेस सधै जनताको साथ र पक्षमा रहेको उल्लेख गर्दै जनताका हित र मुलभुत मुद्दामा काङ्ग्रेस सधै अग्रस्थानमा  रहेको र सधै रहि रहने पनि बताउनु भयो। स्थानीय काङ्ग्रेस सरकार भष्टचार मा लिप्त रहेको आरोप मा बरु के पि ओलि को पालामा केन्द्र र प्रदेश सरकारले स्थानीय सरकार माथि राजनीति पुर्बाग्रह र दुराचार राखेको आरोप लगाउदै भन्नू भयो ,चुनढुङ्गा बिसयमा पनि उहा केन्द्र र प्रदेश सरकारमा हुदा स्थानीय सरकार सग सहकार्य नगरेकोले आज यो परिस्थिति सिर्जना भएको अर्घाखाँची बुलेटिन लाई निकै आक्रमक शैलिमा जानकारी गराउनु भयो। बरु अहिले केन्द्र र प्रदेश मा नेपाली काङ्ग्रेस को सरकार भएको हुदा जिल्ला र स्थानीय जनताको मर्म र भावना लाई कदर गर्दै नेपाली काङ्ग्रेस जिल्ला अर्घाखाँचीले जुनसुकै मुल्य चुकायर पनि छिटटै जनता र जिल्ला बासिको इच्छा बमोजिम निर्णय लिई राहत दिने ठोकुवा सहित दाबी गर्नु भयो । एमाले नेता चेतनारयण को टिप्पणी हात्तिको देखाउने दात र चपाउने दात जस्तै फरक भयको उहाले भन्नुभयो। अहिले  चुनाव को मुखमा जनता लाई भर्मित पार्न प्रपोगण्डा बनायको बताउनु भयो, आफू सत्ता र अन्य समयमा एमाले जनताका समस्या पिर मर्का सग कोसौ टाढा रहने अहिले गोहि आँसु लियर जनता लाई सान्त्वना स्वरुप एक्कासि निन्द्रा बाट टिप्पणी गर्दा आफू आशर्य चकित भएको उहाले बताउनु भयो।

यदि उहाले वास्तविक जनताको पिरमर्का गुनासो दुख र समस्या लाई कदर गर्ने भय चुनढुङ्ग्गा उत्खनन बन्द गर्न आह्वान गर्दै काङ्ग्रेसले जुनसुकै सहयोग गर्न तयार रहेको सिधा चुनौती दिनु भयो नत्र जनतालाई भ्रम नपार्न सुझाव दिनु भयो, एमाले बाट चुनढुङ्गा को सन्दर्भमा कुनै झिगा पनि नमर्ने भन्दै चुन ढुङ्गा उत्खनन कर्ता बाट ठुलो रकम असुल गरि, जनता हरुलाई पैसाको प्रभोलन देखाई दिगभ्रमित पारि समाजमा अराजकता फैलायको जटिल आरोप पनि लगाउनु भयो।
जनताका प्रत्यक्ष सरोकार का बिषयहरु धार्मिक पर्यावरण सास्कृतिक पर्यटन कृषिको को बिकास र संरक्षणको लागि  काङ्ग्रेस जुन सुकै मुल्य चुकता गरेर भय पनि सधै जनताको मागलाई प्राथमिकता मा राख्दै सेबा र समर्पण भाबले जनताको पक्षमा उभिने दृण प्रतिज्ञा व्यक्त गर्नु भयो। 

स्थानीय सरकार प्रदेश र केन्द्र सरकार हाम्रो भएको हुदा यो चुनढुङगाको बिषयमा पनि सरोकार र स्थानीय जनता सग सम्बाद अगाडि बढायको र आम जनताको अपेक्षा बमोजिम छिटै नतिजा काङ्ग्रेस ले दिने जानकारी गराउदै, कसैका झुटा कपोकल्पित टिप्पणी बाचाको प्रभोलनमा नपर्न अर्घाखाँची बासी लाई आग्रह समेत गर्नु भयो।

एमाले चुनाव हार्ने भय र डरले बौखलायको र काङ्ग्रेस सग हार स्वीकार गरिसकेको हुदा अनेक प्रपन्च बाहाना र षड्यन्त्र खोजी रहेको आरोप समेत लगाउनु भयो।

प्रतिक्रिया दिनुहोस्