एमाले सन्धिखर्कको चुनावी कार्यक्रम सम्पन्न : १२ दिनमा ७० कार्यक्रम ,चुनाव जित्ने सुनिश्चित

| २०७९ बैशाख २५ गते २३: २२ मा प्रकाशित

शोभाखर पन्थी ,अर्घाखाँची।  नेकपा एमाले सन्धिखर्कले चुनावी कार्यक्रम सम्पन्न  गरेको छ । 

वैशाख -१४ गते वडा नं.-८ किमडांडा बाट सुरु गरेको कार्यक्रम आईतवार साँझ वडा नं.-१ को पटुवाथुममा भएको कार्यक्रम सँगै  समापन भएको छ । एमालेले यस अबधिमा करीब ७० वटा चुनावी कार्यक्रम सम्पन्न गरेको छ । समय अभावका कारण मेयर र उप-मेयरका उम्मेदवार जनताको घर घरमा जाने अबस्था नभए पछि प्रत्येक दिन एउटा एउटा वडाको टोलटोलमा पुगेर चुनावी कार्यक्रम सम्पन्न  गरेको एमाले सन्धिखर्कका प्रचार बिभाग प्रमुख लक्ष्मण पराजुलीले बताउनु भयो । 

कार्यक्रममा स्थानीय जनताका गुनासो सुन्नुका साथै उम्मेदवार र पार्टीका नेताहरूले आफ्नो प्रतिबद्धता र भावि योजना बारे जनता सँग अन्तरक्रिया गरेका थिए । मेयर र उपमेयरका उम्मेदवार सँग मतदाताहरुले यस अघि नगरपालिकाले प्रदान गरेको सेवा प्रभावकारी नभएको बताए ।उनिहरुले जनप्रतिनिधिमा सेवाभाव र विकास प्रतिको दृढ ईच्छा शक्ति नभए गुनासो गरे ।अघिल्लो पटक जतासुकै भोट दिए पनि यस पटक नेकपा एमालेका उम्मेदवारलाई जिताउने उनिहरुको निष्कर्ष थियो । 

उम्मेदवार सहितको टोल स्तरीय कार्यक्रम सम्पन्न भएपछि नेकपा एमालेले सन्धिखर्कमा चुनाव जित्ने निष्कर्ष निकालेको छ । एमाले प्रतिको जनआकर्षण ,बिकासको ठोस योजना र उम्मेदवारको लोकप्रियता चुनाव जित्ने बलियो आधार भएको नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।उहाँले यस पटक नेकपा एमाले मेयर ,उपमेयर सहित सबै वडामा विजयी हुने दाबी गर्नुभयो । श्रेष्ठले आफुहरु विजयी भएपछि नगरको चौतर्फी बिकासमा जोड दिने बताउनुभयो । उहाँले पुर्वाधारको विकास सँगै आय आर्जनका कार्यक्रम संचालन गरि युवाहरू लाई स्वरोजगार बनाउने समेत धारणा राख्नु भयो । 

 एमालेले यस अघि पनि उत्साहका साथ घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको थियो । उम्मेदवार सहितको यो कार्यक्रमले कार्यकर्तामा उत्साह र जनतामा हौसला बढाएको एमाले नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालले बताउनुभयो । उहाँले नेकपा एमालेको जित सुनिश्चित भएको दावी समेत गर्नुभयो ।
यसैबीच नेकपा एमालेले आज वडा नं.-१ को तुमकोट,रतहले,शान्ति बगैंचा र पटुवाथुममा चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले यस पटकको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार लाई विजयी गराउन आग्रह गरे । उनिहरुले गठबन्धन लोभिपापी र स्वार्थ समुहको झुन्ड भएको भन्दै त्यसको भ्रम बाट मुक्त हुन आग्रह गरे ।

यसरी मन्तव्य राख्नुहुनेमा नेकपा एमाले केन्द्रीय सल्लाहकार  परिषद् सदस्य लक्ष्मण रायमाझी ,नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठ ,एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल ,उपमेयरका उम्मेदवार मिश्रा आचार्य,वडा अध्यक्षका उम्मेदवार युवराज बन्जाडे लगायत हुनुहुन्थ्यो ।

नेकपा एमाले सन्धिखर्क नगर कमिटीका उपसचिव लक्ष्मण पराजुलीको संचालनमा सम्पन्न कार्यक्रममा स्थानीय नेताहरु गिर बहादुर नेपाली ,लालबहादुर भुसाल ,नारायण पौडेल ,माधवराज पौडेल ,माधव श्रेष्ठ ,सदस्य पदका उम्मेदवार सुन्तली श्रेष्ठ ,सीता नेपाली , वावुराम पन्थी ,श्रीधर मुखिया लगायतका वक्ताहरूले मन्तव्य राख्दै नगरको चौतर्फी बिकासको निम्ति नेकपा एमालेको बिकल्प नभएको बताए ।

कार्यक्रममा पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्र  सन्धिखर्क-७ वडा कमिटीका अध्यक्ष बालकृष्ण शाह नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँ माओवादी केन्द्र सन्धिखर्कको लोकप्रिय नेता हुनुका साथै सामाजिक रुपमा स्थापित युवा समाजसेवी हुनुहुन्छ । उहाँ सँगै सनपा-१ का टोपलाल पराजुली ,तिलक पराजुली,नेपाल परिवार दलका जिल्ला उपाध्यक्ष गगन सिंह ठकुरी  समेत नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्