अर्घाखाँचीमा टोपबहादुर रायमाझीको अग्नी परीक्षा

| २०७९ बैशाख २६ गते ०४: ५७ मा प्रकाशित

हरिभक्त आचार्य,अर्घाखाँची। अर्घाखाँचीमा तीन गाउँपालिका र तीन नगरपालिका छन् । यसभन्दा अघिको स्थानीय तह निर्वाचनमा मालारानी गाउँपालिका बाहेकका सबै पालिकामा गठबन्धनले विजयी हासिल गरेको थियो । 

यसपाली अर्घाखाँचीका चर्चित नेता टोपबहादुर रायमाझी एमालेमै छन् । टोपबहादुरको लागि अर्घाखाँचीको स्थानीय निर्वाचन अग्नी परीक्षा पनि हो । उनी एमालेमा रहँदा वा नरहँदा पार्टीलाई के कति फाइदा र के कति नोक्सान हुन्छ भन्ने कुराको परीक्षा पनि निर्वाचनको परिणामबाट नै थाहा हुने छ । 

अर्घाखाँचीका ६ स्थानीय तहमध्ये कम्तीमा पनि तीन पालिकामा एमाले विजयी हुन सकेन भने संसदीय निर्वाचनमा टोपबहादुरको विकल्प खोज्नै पर्छ भन्ने जनआवाज उठेको छ ।  तीन वा तीनभन्दा बढी पालिकामा एमाले विजयी भयो भने अर्घाखाँचीमा एमालेको नेता टोपबहादुर नै हुने छन् । 

विशेषगरी सन्धिखर्क नगरपालिकामा एमाले विजयी हुन सकेन भने पनि संसदीय निर्वाचनमा टोपबहादुरको विकल्प खोज्नुपर्छ । त्यसैले टोपबहादुरले यो स्थानीय निर्वाचनलाई आफ्नो अग्नी परीक्षाको रुपमा लिनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्