विपल्व नेतृव्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा जिल्ला सेक्रेटरी घर्तिलाई द'ला'ल संसदीय व्यवस्थाका म'ति'या'र संग साँठगाँठ गरेको भन्दै कारबाही

| २०७९ जेठ ३ गते १४: ४३ मा प्रकाशित

अर्घाखाँची।विपल्व नेतृव्वको नेपाल कम्युनिस्ट पार्टीले जिल्ला सेक्रेटरी खिम घर्ती कमरेड माहुरीले जर्वजस्ती स्वतन्त्र उम्मेदवार उठाउने, दलाल संसदीय व्यवस्थाका मतियार संग साठगाठ गर्ने , कथित चुनावमा: एमसीसी पक्षधरलाई भोट माग्ने र मतदान केन्द्रमा गई मतदान गर्ने, नोमिनेशनको क्रममा गठबन्धनका उम्मेदवार बोकेर निर्वाचन कार्यालय  जाने गरेको कारणले कार्वाही गरेको छ। 

यस्तो छ पूर्ण पाठ (जस्ताको तस्तै )

 विपल्व नेतृव्वको नेपाल कम्युनिस्ट पार्टीको ८ औं केन्द्रिय समितिको १२ औं पूणर् बैठकको निणर्य विपरीत गैई यही सडेगलेको कथित संसदीय व्यवस्थाको स्थानीय निर्वाचनमा नेतृत्व जोडतोडका साथ लागि परेको र एकिकृत जनक्रान्तिको प्रयोगको नाममा पार्टीलाई यही व्यवस्थामा समाहित गर्दै अगाडी बढेपछी हामी इमान्दार क्रान्तिकारी नेता, कार्यकर्ताले क्रान्तिको झण्डा र आन्दोलनलाई अगाडी बढाउनको लागि बैशाख २१, २२, २३ चितवनमा  सम्पन्न विशेष राष्ट्रिय भेलामा अर्घाखाँची बाट सहभागि भई चुनाव प्रस्त पार्टी नेतृत्व, नेता, कार्यकर्तालाई कार्वाही गरी कमरेड कंचनको नेतृत्वमा पार्टीलाई निरन्तरता दिदै अगाडी बढेको कुरा सबैमा सर्ववितिदैै छ ।

मिति २०७९ जेष्ठ २ गते कमरेड माहुरीद्धारा हस्ताक्षर गरेको विज्ञप्तीमा नवीन खड्का कमरेड बारुदलाई फुट प्रस्त सहभागि भई हालसम्म पार्टी सम्पर्कमा नरही पार्टी नितिविपरीत गतिबिधिमा संलग्न रहेको भनि निष्काशित गरिएको झुट प्रचारबाजी गरिएको विज्ञप्ती प्रति हाम्रो पार्टीको गम्भरी ध्यानाकर्षण रहेको छ । पार्टीको जिल्लाको पूणर् बैंठकको निणर्य विपरीत जिल्ला सेक्रेटरी खिम घर्ती कमरेड माहुरीले जर्वजस्ती स्वतन्त्र उम्मेदवार उठाउने, दलाल संसदीय 
व्यवस्थाका मतियार संग साठगाठ गर्ने , कथित चुनावमा: एमसीसी पक्षधरलाई भोट माग्ने र मतदान केन्द्रमा गई मतदान गर्ने, नोमिनेशनको क्रममा गठबन्धनका उम्मेदवार बोकेर निर्वाचन कार्यालय  जाने गरेको कारणले कार्वाही गरी पार्टी अगाडी बढेको र जिल्लाका दुईतिहाई भन्दा बढी जिल्ला सदस्य, जबस, जातियमोर्चा, पालिका कमिटीहरु सबै एक ढिक्का भएर समाजबादी क्रान्तिको पक्षमा रहेको जानकारी गराउदछु ।

साथै सिंगो पार्टी पङ्ती, जबस र मोर्चा, संघसंस्था आम समर्थक शुभचिन्तक र जनताहरुमा कुनै पनि भ्रममा नपरी क्रान्तिको पक्षमा लाग्नुहुन हाम्रो पार्टी हार्दिक अपिल गर्दछ ।


बिज्ञप्ति 

बिज्ञप्ति 

 

प्रतिक्रिया दिनुहोस्