अर्घाखाँची भरका म्यादी प्रहरीलाई बिदाई गरियो

| २०७९ जेठ ६ गते १७: ५६ मा प्रकाशित

सन्धिखर्क। स्थानिय निर्वाचन २०७९ बैशाख ३० मा अर्घाखाँची भर खटिएका म्यादी प्रहरीलाई  आज एक कार्यक्रम बीच बिदाई गरिएको छ। 

 बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचन कार्यमा मिति २०७८/१२/२८ गते जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट म्यादी प्रहरीको नियुक्ती लिई  उक्त कार्यालय बाट वडा एरियाहरुमा सुरक्षाका लागी ईमान्दारी तथा अनुशासित पुर्वक खटी निर्वाचन कार्यलाई स्वतन्त्र ,निस्पक्ष, भयरहित तथा शान्तिपुर्ण वातावरणमा सम्पन्न गराई आज मिति २०७९ साल ज्येष्ठ ६ गते बिदाई गरिएको हो। 

म्यादी प्रहरीहरु

बिदाई कार्यक्रममा म्यादी प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्री ,सिनियर प्रहरी अधिकृत लगायत कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थितीमा  प्रमाण-पत्र वितरण गरी बिदाई गरिएको हो।

प्रतिक्रिया दिनुहोस्