अर्घाखाँचीका बिष्णु भुसाल सगरमाथामा सफल आरोहण गरे

| २०७९ जेठ ८ गते १६: ३७ मा प्रकाशित

सहयोगी बिसी ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको अर्घा वडारपानीमा जन्मेर सन्धिखर्क रतहलेमा बस्दै आउनु भएका स्वर्गीय मित्रलाल भुसालको माईलो छोरा बिष्णु भुसाल बुद्ध  जयन्तिको अबसर पारेर जेष्ठ २ गते बिहान ७:३० बजे सफल सगरमाथा आरोहण गर्नु भएको छ।

 जलबायु परिवर्तन र बिश्व मानबलाई असर पारेको सम्बन्धमा नेपाल बारको ब्यानर  सहित सगरमाथाको चुचुरोबाट जलबायु न्यायको लागि  आवाज उठाउने सम्भवत  पहिलो कानुन व्यवसायी हुनुहुन्छ। सफल प्रो पब्लिक/ फ्रेन्ड्स अफ अर्थका सदस्य अधिवक्ता श्री बिष्णु भुसालको सगरमाथा आरोहणले अर्घाखाँची जिल्ला लुम्बिनी प्रदेश र सिंगो नेपाल लाई बिश्व सामु चिनाउन सफल हुनुभएको छ।
 
६२ बर्षिय शाहसी बिष्णु भुसाल प्रती उच्च सम्मानका साथ जलबायु न्यायको अभियान सफलताको लागि  जिल्लाबासीको तर्फबाट हार्दिक बधाई एवम् शुभकामना।

प्रतिक्रिया दिनुहोस्