चुनाब - चुनाब को लागि मात्रै हो कि परिवर्तनको लागि पनि?

| २०७९ जेठ ९ गते २२: ०१ मा प्रकाशित

गुरुदेव खनाल। भरखरै स्थानीय चुनाव सकियको छ, जे जसरी जुन बिधिले मतदाताको मनलाई प्रभावित पारे पनि लोकतान्त्रिक प्रक्रियामा जनताको अभिमतलाई नै अन्तिम फैसला मानिन्छ।

चुनाव धेरै खर्चिलो तामझाम,र जनतालाई ठुला ठुला आश्वासन दिएर अमुल्य मतको बिश्वासलाई जनप्रतिनिधि हरुले कसरी लिने छ्न त्यो आगामी समय ले नै स्पष्ट देखाउला, तर हिजोको जस्तो जनप्रतिनिधि बने पछि अबसर बादी, नाताबाद र ब्यक्तिगत स्वार्थ मा रोमिलियर उहीँ पाच बर्ष सम्म जनतालाई रनभुल्ल पार्ने काम नहोस्। फेरि पनि राजनीति त्यस्तै हावापानी र बाताबरणमा हुर्केको हुदा नया जनप्रतिनिधि बाट कुनै चमत्कार हुने आसा गर्न निकै हतार हुने हुन्छ।
अर्घाखाँची जिल्ला पहाडी भौगोलिक बनोट ले सुन्दर मनोरम जिल्ला हो, नय जनप्रतिनिधि का लागि यी क्षेत्रको बिकास र सामाजिक परिवर्तन पहिलो चुनौती हुने छ।

अर्घाखाँची जिल्लामा अत्यन्त नाजुक र दयनीय स्वास्थ ब्यबस्था को अवस्था जगजाहेर छ, एउटा सामन्य बिरामी लाई पनि बुटवल, भैरहवा र काठमाडौ रिफर गर्नु पर्छ, दुखको कुरा अर्घाखाँची बासिलाई औसधि खर्च भन्दा पनि बढी गाडी भाडा तिर्नु पर्ने तितो यथार्थ बिधमान छ। के यस्तो नाजुक स्वास्थ अबस्थाले चमत्कार परिवर्तन देख्न सक्ला?

शिक्षा को अवस्था ब्यक्तिगत शिक्षण सस्था बाहेक सरकारी स्कुल को शिक्षा उहीँ बेरोजगार उत्पादन गर्ने मेसिन भन्दा कम छैन, अर्घाखाँचीका योग्य र होनहार बिद्यार्थीलाई उच्च शिक्षाको लागि न्यून बाताबरण ब्यबस्था नहुदा, योग्य ब्यक्ति हरुको पलायन र उच्च शिक्षाको लागि करोडौं पैसा जिल्ला बाहीर जाने अवस्था के केही सुधार होला त? 

अर्घाखाँचीमा सडक पानी बिजुली को अवस्था पनि त्यति संतोषजनक छैन, अर्घाखाँचीको मुख्य सडक अर्घाखाँची गोर्सिङ्गे  सडक नेपाल मै बढी मान्छेको ज्यान मार्ने सडकको रूपमा चिर परिचीत छ, यस सडकको लागि बर्षेनि ठूलो बजेट परे पनि कमिसन र भष्टचार ले सतही तबरमा त्यति राम्रो काम भएको छैन मात्र बजेट सकियको छ अन्य सडक बर्खामा हिलो र हिउँदमा धुलो ले चालक र यात्रीको परिक्षा लियको तपाईं हामिले देखेका भोगेका छौ। जिल्लाका अधिकास ठाउँमा आज पनि खाने पानीको अभाव र चटकारो रहेको छ, अधिकतम समय पानी संकलन गर्नमा जान्छ। चुनाबको समयमा नेताहरूले प्रतिबद्धता गरे पनि चुनाव जिते पछि ब्यहबारमा भने आकाश जमिनको फरक छ।

हिजका जनप्रतिनिधि पनि चुनाव जित्नु अगाडि ठुला ठुला कामका आसा हरु र प्रतिबद्धता जाहेर गरे पनि सत्तामा पुगे पछि सबै सजिलै बिर्सने आदत र परम्परा बाट हामी आजित भयका छौ, नय जनप्रतिनिधि बाट पनि यो पुनाराबृती नहुने कुनै ग्यारेन्टी भने छैन।

अर्घाखाँची धार्मिक सास्कृतिक र पर्यटकीय द्रुष्टिकोण ले पनि महत्त्वपूर्ण स्थान हो, प्रसिद्ध सुपादेउराली मन्दिर, मालारानी, पाणेनी तपोभुमी, मसिना लेक अर्घा, खाची एतिहासिक दरबार लगायत दर्जनौं रमणीय स्थलहरु अर्घाखाँची अबस्थित छ्न, यिनिहरुको बिकास र संरक्षण गर्ने दायित्व पनि जनप्रतिनिधि हरुलाई रहेको छ। हिजो जस्तै चुनाब जिते पछि आय राम गय राम जस्तै नहोस्।

यस्तै अर्घाखाँचीको केही सिमित ब्यक्तिहरु को स्वार्थमा सम्पूर्ण अर्घाखाँची बासिहरुलाई दुख सास्ती दिने चुनढुङ्गा उत्खनन, अब आउने जनप्रतिनिधि हरुले मागी खाने भाडो बनाउने हुन कि जनताको भावना र मर्कालाई आत्मसात गर्दै यसलाई बन्द गर्न पहल गर्दछन कि उहीँ समाजमा लडायर अर्घाखाँचीको बिनासमा लाग्दछ्न?

हिजो जस्तै शक्ति र राजनीति पहुचमा जनताका आबाज लाई दबाउने, र जनताले पनि शक्ति को भक्ती गर्न नपर्ने हो कि, सुशासन, पार्दशिता यी सबै मात्र चुनाब का नारा हुन कि, अब यी सबै यथार्थ धरातलमा पनि हुन्छन् सबै बिषयको परिक्षा को समय आयको छ। सधै जस्तै हात्ती आयो हात्ती आयो फुस्स त हुने होइन। हेरौ आगामी कार्यकाल मा अर्घाखाँची ले कसरी मुहार फेर्ने छ?

प्रतिक्रिया दिनुहोस्