अर्घाखाँची जिल्लाका ६ पालिकाका लागि कुल ३ अर्ब ८ करोड ८९ लाख बजेट बिनीयोजन

| २०७९ जेठ १९ गते १९: ४६ मा प्रकाशित

अर्घाखाँची । अर्घाखाँची जिल्लामा कुल ३ अर्ब ८ करोड ८९ लाख बजेट बिनीयोजन भएको छ ।

  हेरौँ कुन पालिकामा कति पर्यो 

१) सन्धिखर्क : ६८ करोड ३८ लाख

२)सितगंगा : ५६ करोड ४० लाख 

३)भूमिकास्थान : ४८ करोड ७२ लाख 

४)छत्रदेव : ३९ करोड ५७ लाख 

५)पाणिनि : ४८ करोड ८२ लाख 

६)मालारानी : ४७ करोड

आर्थीक वर्ष २०७९/०८० का लागी पाणिनी गाउँपालिकाले ४८ करोड ८२ लाख बराबरको बजेट पाएको छ । चालु तर्फ ४२ करोड ६६ लाख र पुंजीगत तर्फ ६ करोड १ लाख गरी ४८ करोड ८२ लाखको बजेट पाएको हो ।

पाणिनी गाँउपालिकाले समानीकरण अनुदान तर्फ ११ करोड ७५ लाख, सशर्त अनुदान तर्फ ३४ करोड १७ लाख, बिशेष अनुदान तर्फ १ करोड २० लाख र समपुरक अनुदान तर्फ १ करोड ७० लाख गरी ४८ करोड ८२ लाखको बजेट पाएको हो ।

सरकारले गत जेठ १५ गते आगामी आर्थीक वर्ष २०७९/०८० का लागी बजेट ल्याएको थियो । सोही बजेट प्रदेश तथा स्थानियतहहरुलाई बाँडफाँट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्