पशु स्वास्थ्य सेवा प्राविधिक संघकाे स्थापना दिवसमा विभिन्न कार्यक्रम गरि मनाईयो

| २०७९ जेठ २६ गते १६: १६ मा प्रकाशित

प्रेमनारायण आचार्य। नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघकाे ७ औं स्थापना दिवसको अबसरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । 

स्थापना  दिवसको अबसरमा  अर्घाखाँची अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण कार्यक्रम समेत सम्पन्न भएको संघका अध्यक्ष प्रदिप अाचार्यले जानकारी दिए ।

कुकुर तथा बिरालोलाई रेविज खाेप उपचार एवं निशुल्क प्रविधिक सेवा सञ्चालन गरिएको छ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ जिल्ला कार्य समिति अर्घाखाँचीकाे आयाेजना र लायन्स क्लब अफ अर्घाखाँचीकाे सह आयाेजनामा कार्यक्रम सम्पन्न भएको हाे । 

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष कृष्णप्रसाद खनाल , भेटेनरी कार्यलय तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख विष्णुप्रसाद पाैडेल, अस्पतालका निमित्त कार्यालय प्रमुख निमबहादुर राना, लायन्स क्लबका अध्यक्ष हरि प्रसाद भुसाल लगायतले मन्तब्य राख्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्