एमाले अध्यक्ष ओली द्वारा अर्घाखाँचीका कलाकार सम्मानित

| २०७९ जेठ २९ गते १७: २७ मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची ।स्थानीय चुनावमा नेकपा एमालेको पक्षमा जनमत सिर्जना गर्ने कलाकारहरू एक कार्यक्रमका बीच सम्मानित भएका छन्।

राष्ट्रिय जनसंगीत कलाकार संघ, नेपालले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले कलाकारहरुलाई सम्मानित गरेका हुन्।

कमल वली,बद्री पंगेनी, बैकुण्ठ महत, पूर्णकला बिसी लगायत अर्घाखाँचीका कलाकार कुशल बेल्बासे, अभिनव चौहान , सुनितामी परियार, मोतिराज खनाल , प्रदीप खड्का , रेखा विश्वकर्मालाई कार्यक्रम सम्मान तथा प्रसंशा पत्र वितरण गरिएको थियो।

कलाकारहरू सम्मानित

उक्त कार्यक्रमले कलाकारहरुलाईलाई थप हौसला मिलेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्