अर्घाखाँची बाट काठमाडौँ का लागि गाडी भाडा ११ सय ५४ बाट बढेर १२ सय १५ रुपैँया पुग्यो

| २०७९ असार ६ गते १४: ३३ मा प्रकाशित

 काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पनि बढाएको छ । विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो ।

यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ ।

अब देखि अर्घाखाँची बाट काठमाण्डौमा जानका लागि ११५४ ,रुपैया बाट बढेर १२१५ रुपैँया लाग्ने छ। 

सार्वजनिक गाडीको भाडा

 

 

प्रतिक्रिया दिनुहोस्