प्रेस चाैतारी अर्घाखाँचीले ३ दिने नि:शुल्क तालिम दिने

| २०७९ असार ३० गते १८: २३ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।प्रेस चाैतारी अर्घाखाँचीकाे तेस्राे पूर्ण बैठक मदन आश्रित स्मृति भवन सन्धिखर्कमा बुधबार सम्पन्न भएकाे छ । ३ दिने निशुल्क आधारभूत पत्रकारिता तालिम आयाेजना गर्ने भएको हो ।

नेकपा एमाले जिल्ला अध्यक्ष तथा प्रमुख अथिती पिताम्बर भुसालले समाज निर्माणमा पत्रकारको भुमिका बारे प्रकाश पारेका थिए । निर्वाचनमा पत्रकारले खेलेको भुमिकाको प्रसंशा गरेका थिए । पत्रकारले हचुवाको भरमा नभई सत्य तथ्य र यथार्थको धरातलमा उभिएर वास्तविकता र न्याय नमर्ने गरी पत्रकारिता गर्न पत्रकार लाई आग्रह गरेका हुन ।

प्रेस चौतारी नेपाल जिल्ला अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ६ वटा पालिकामा भोकल प्रसन तोकेकोर संगठन लाई चलयमान बनाउन महत्त्वपूर्ण निर्णय गरेको थियो ।  

बैठकमा नेकपा एमाले अर्घाखाँचीका सचिव तोज बहादुर रायमाझी , प्रेस चौतारि नेपाल निर्वाचन आयोगका केन्द्रिय अध्यक्ष गणेश खनाल, लुम्विनी प्रदेश कमिटि अध्यक्ष शोभाखर पन्थी , चौतारि जिल्ला इन्चार्ज हिम बहादुर जि.सी , नेकपा एमाले लुम्विनी प्रचार विभाग सदस्य अर्जुन भुसाल , नेकपा एमाले सन्धिखर्क अध्यक्ष श्रीकृष्ण भुसाल ,प्रदेश कमिटी सदस्य गिताराम बिष्ट, सविता आचार्य , करिस्मा खनाल,कमला परियार, सिद्धार्थ केसी, लक्ष्मी खनाल, माया पन्थी, सागर मरासिनी , सिर्जन भुसाल,  प्रकाश महत, बिक्रम नेपाली लगायतको उपस्थिती रहेको थियो । बैठकको संचालन प्रेस चौतारि जिल्ला कमिटि सचिव माधव बेल्वासेले गरेका हुन ।

बैठकले आगामी श्रावण ५ गते देखि ७ गते सम्म निशुल्क आधारभूत पत्रकारिता तालिम आयाेजना गर्ने निर्णय गरेकाे छ । पत्रकारितामा नवप्रवेशीहरूकाे क्षमता विकास गरि पत्रकारितालाई व्यवसायिक बनाउने उद्देश्यले तालिमकाे आयाेजना गर्न लागिएकाे हाे ।

प्रेस चौतारी अर्घाखाँचीले सहभागी हुन चाहाने लाई सम्पर्क गरि नाम दर्ता गराउन अनुरोध समेत गरेको छ ।
सचिव माधव बेल्वासे
९८५७०६११५१
उप सचिव सिद्दार्थ केसी
९८५७०६१२८४

प्रतिक्रिया दिनुहोस्