अर्घाखाँचीका बिभिन्न स्थानमा अवैध लागु औषध गाँजा फडानी

| २०७९ सावन २ गते १९: २८ मा प्रकाशित

सन्धिखर्क।  आज दिउँसो करिब १२:३० बजेको समयमा सामुदायिक प्रहरी साझेदारी नियमित  कार्यक्रम अन्तर्गत  अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालीका वडा नं -२, मालारानी गाउँपालिका वडा नं .६ ठाटीगौरा र भुमिकास्थान न.पा. वडा नं २ भुमेस्थान आसपासका क्षेत्रहरु लगाएत जिल्लाका  बिभिन्न स्थानहरुमा अवैध रुपमा  खेती गरिएको लागु औषध गाँजा फडानी गरिएको छ। 

अवैध लागु औषध गाँजा  फडानी

प्रहरी चौकी हंसपुर,प्रहरी चौकी बलकोट र प्रहरी  चौकी ढाकाबाङ बाट खटिएको प्रहरी टोली र स्थानियबासी समाजसेवी ,बुद्दिजिवी हरुको उपस्थितमा  अन्दाजी २५० बोट गाँजा फडानी तथा नष्ट गरि गरिएको प्रहरी श्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्