अशोक खनाल ,अर्घाखाँची। श्रावण ८ - जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीको आयोजनामा सर्बपक्षिय बैठक सम्पन्न भएको छ।
अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले जिल्लामा उपभोग्य सामानमा भइ रहेको मुल्यबृद्वि , होटल तथा रेस्टुरेन्ट ब्याबसायीहरुले खाना तथा खाजामा लगाएको दररेट , सार्बजनिक सबारी संचालनमा देखिएको समस्या तथा बजार अनुगमन लागायतका बिषयमा छलफल गरिएको थियो ।
बैठकमा जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु , जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, उधोग बाणिज्य संघ , चेम्बरअफ कमर्स ,उपभोक्ता हकहित संरक्षण मंच, यातायात ब्याबसाही तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्