अर्घाखाँची। नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) जिल्ला सचिवालयस्तरीय अगुवा बैठक विभिन्न महत्त्वपूर्ण निर्णयहरुका साथ आज जिल्ला पार्टी कार्यालय ,सन्धिखर्कमा सम्पन्न भएको छ ।
बैठकले यही २०७९ साल श्रावण मसान्तभित्र अर्घाखाँची जिल्लास्थित ६ वटै पालिका कमिटीका बैठकहरु आयोजना गरि संगठन निर्माण , सदस्यता बितरण र आगामी संघ र प्रदेशको चुनावी रणनीति समेत तय गर्ने निर्णय गरेको छ ।
पार्टी जिल्ला कमिटीका अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता , पार्टी केन्द्रिय सदस्य एवं अर्घाखाँची जिल्ला इन्चार्ज पिताम्बर भुसालको प्रमुख आतिथ्यता र पार्टी जिल्ला कमिटीका सचिव युवराज पौडेलको संचालनमा सम्पन्न बैठकमा पार्टी केन्द्रिय परिषद सदस्य अनिरुद्र सुवेदी , पार्टी प्रदेश कमिटीका सदस्यद्वय बिष्णुहरी भुसाल र मोती श्रीपाल , प्रदेश सल्लाहकार परिषद सदस्य सकुर मिया , जिल्ला उपाध्यक्षद्वय सिद्धी प्रसाद भुसाल र सुमित्रा मुखिया , सहसचिवद्वय हृदय कुमार भुसाल र डेम नेपाली , कार्यालय सचिब नारायण भुसाल , सन्धिखर्क नगर कमिटीका अध्यक्ष बद्री भुसाल , भुमिकास्थान नगर कमिटीका इन्चार्ज झबिलाल भट्टराई , मालारानी गाउँ कमिटीका अध्यक्ष डाल बहादुर चौहान लगायतका नेता कमरेडहरुले आ- आफ्ना सारगर्भित भनाइहरु राख्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्