अर्घाखाँचीमा ५ हजार बढी सवारी कारबाहीमा: ३५ लाख राजश्व संकलन

| २०७९ सावन १९ गते १८: ५१ मा प्रकाशित

अर्घाखाँची । अर्घाखाँचीमा एक वर्षको अवधीमा ट्राफिक नियमको उल्लंघन गर्ने ५ हजार ८५० सवारी साधनलाई कारबाही गरिएको छ ।

आर्थिक वर्ष २०७८/२०७९ मा ट्राफिक नियम उल्लंघन गर्ने बस ४९९ सय, ट्रक ६४४, जिप १६७३, ट्याक्टर २६२, मोटरसाइकल २७१५ र अन्य ५७ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कारबाहीबार ३५ लाख २५ हजार ५ सय राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख हरीबहादुर केसीले जानकारी दिनुभयो ।

यस्तै, एक वर्षको अवधिमा सवारी साधन दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् ।स्रोत - इमेज खबर डट्कम 

प्रतिक्रिया दिनुहोस्