सन्धिखर्कमा बिभिन्न होटल र किराना पसलहरुमा अनुगन

| २०७९ सावन २५ गते १६: २९ मा प्रकाशित

रुद्रमणि भुसाल ,अर्घाखाँची ।  अर्घाखाँचीमा  मूल्यवृद्धि नियन्त्रणको लागि घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले बजार अनुगमनलाई तिब्रता दिएको छ ।  जिल्ला प्रशासन,सन्धिखर्क नगरपालिका , जिल्ला प्रहरी कार्यालय ,  उद्योग बाणिज्यसघं , नेपाल चेम्बरअफ कमर्स , नेपाल पत्रकार महासंघ लगायतको समन्वयमा अनुगमनलाई तिब्रता दिइएको हो । 

सन्धिखर्कको शान्ति बगैचा आसपासमा रहेका  बिभिन्न सानाठुला  होटल ,किरानापसल  र फलफुल पसलहरुको  अनुगमनका क्रममा मुल्यसूची नराखी सामानहरू बिक्रीवितरण गरेको, विभिन्न सामानहरू प्रयोग मिति समाप्त भै सकेको, उत्पादन मिति नै उल्लेख नभएको, मुल्यमा एकरुपता नरहेको  होटलमा सरसफाइ राम्रोसगँ नभएको पाइएको घरेलु तथा साना उद्योगका अधिकृत सन्तोष खनालले जानकारी दिए । 

दर्ता नगरी संचालन भएका र कम पुजीदेखाइ संचालन गरेका फेन्सी पसलहरुलाई एकहप्ताभित्र दर्ता गरि संचालन गर्न निर्देशन दिएको छ । पहिलो चरणको अनुगमनको क्रममा भेटिएका कमजोरीहरूलाई फेरि पुन नदोहो¥याउने गरि छाडिएको र प्रयोग गर्न नमिल्ने त्यस्ता सामानहरू  छुटै राख्न निर्देशन दिएको सायक प्रमुख जिल्ला अधिकारी नुमलाल पन्थिले जानकारी दिनुभयो 

 सन्धिखर्क नगरपालिकाका  जीबनाराण  आचार्य ,घरेलु तथा साना उद्योगका अधिकृत लक्ष्मिप्रसाद दाहाल, प्रहरी नायब निरिक्षक राममिलन चौधरी , उद्योग बाणिज्य सघंका कोषाध्यक्ष रुद्र प्रसाद श्रेष्ठ , नेपाल चेम्बरअफ कमर्स लिलाराम बस्याल , नेपाल पत्रकार महासघंका जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल , घरेलुका हुम बहादुर बिक लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्