अर्घाखाँचीबाट संघीय सांसदमा विष्णु मुस्कानको बलियो दाबेदारी

| २०७९ सावन २८ गते १९: ०० मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णप्रसाद खनाल (मुस्कान) अर्घाखाँची प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि बलियो दाबेदारी नेता हुन । कांग्रेसको १३ औं महाधिवेशनमा सर्वसम्वत जिल्ला सभापति निर्वाचित भएपछि पाटी संगठन निर्माण, पाटी प्रवेश, क्रियाशिल सदस्यताको लिष्ट केन्द्रमा बुझाउने अर्घाखाँची पहिलो जिल्ला सहित उत्कृष्ट काम गरेका थिए ।

अघिल्लो स्थानीय तहको चुनावमा जिल्लाका ६ स्थानीय मध्ये ४ तहमा कांग्रेस–माओवादी चुनावी तालमेल भएको थियो । त्यसमा ३ तहमा गठबन्धन सहित कांग्रेस उम्मेदवारले चुनाव जितेका थिए । छत्रदेव र पाणिनिमा कांग्रेस एक्लै लडेर जितेको थियो । ६ स्थानीय तहका १२ पद मध्येमा ६ पदमा कांग्रेस उम्मेदवारले चुनाव जितेका थिए । दोस्रो पटक भएको स्थानीय तहको चुनावमा कांग्रेसले दुई पदमा मात्रै जितेको छ । अघिल्लो स्थानीय तहको चुनाव जिताउन उल्लेख्य भुमिका खेलेका मुस्कानले पाटी संगठनलाई मजबुद पारेका छन् । ।

आम कांग्रेस कार्यकर्ताबीच लोकप्रिय मुस्कानलाई बहुसंख्यक कार्यकर्ता सहित ५ दलीय गठबन्धनका नेता तथा कार्यकर्ताले संघीय सांसदको चुनाव लड्न दवाव दिएका छन् । कांग्रेसले मुस्कानलाई उम्मेदवार बनाए भारी मतले विजयी हुने कार्यकर्ताको भनाई छ । पाटी सभापति भएपछि देशभर मध्ये अर्घाखाँची कांग्रेसको काम गराइमा उत्कृष्ट सभापतिको रुपमा मुस्कान गनिएका थिए ।

‘पाटीले टिकट दिएमा म संघीय चुनाव लड्ने तयारीमा छु,’ मुस्कानले भने, ‘भारी मतले चुनाव जित्छु । मेरो बलियो दाबेदारी रहन्छ ।’ यसपाली माओवादी, राजमो, नेकपा एस, जसपाको मतले कांग्रेस उम्मेदवारले चुनाव जित्ने सुनौले अवसर आएको छ । सबै कांग्रेस नेता एकढिक्का भएर लगातार तिन पटक माओवादीबाट चुनाव जितेर उपप्रधानमन्त्रीसम्म भएका एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई हराउनुपर्ने दवाब कार्यकर्ताले नेतृत्वलाई दिएका छन् ।

मुस्कानको जनस्तरसम्म प्रभाव राम्रो भएको र एमालेका मत समेत पाउन सक्ने भएकाले प्रतिनिधिसभाको उम्मेदवार खनाललाई नै बनाउनुपर्ने बहुसंख्यक कार्यकर्ताको सुझाव नेतृत्वलाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्