प्रेस चौतारी नेपाल अर्घाखाँचीद्वारा पत्रकार सम्मेलन सम्पन्न

| २०७९ सावन ३० गते १२: ०० मा प्रकाशित

अशोक खानाल, अर्घाखाँची।प्रेस चौतारी नेपाल अर्घाखाँची शाखाले एक कार्यक्रमका बिच पत्रकार सम्मेलन सम्पन्न गरेको छ नेकपा ( एमाले ) को शुभेच्छुक सङगठन प्रेस चौतारी नेपालले  एमाले केन्द्रिय उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष शुभाषचन्द्र नेङवानको प्रमुख आतिथ्यतमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो कार्यक्रममा एमाले केन्द्रिय सचीव टोपबहादुर रायमाझी पोलिट्ब्युरो सदस्यहरु सुर्य थापा बिमला घिमिरे केन्द्रिय सल्लाहकार  परिषद सदस्य लक्ष्मण रायमाझी जिल्ला अध्यक्ष पिताम्बर भुसाल प्रेस चौतारीका केन्द्रिय सचीव प्रदीप आचार्य एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्यहरु जनादन खनाल , प्रेम नारायण गैरे, कुटमदिन अलि, बिजुला रायमाझी , शरोज भुसाल  लुम्बिनी प्रदेश सभासद जालपा भुसाल लगायतको उपस्थित रहेको थियो ।
 
नेकपा ( एमाले ) जिल्ला कमिटी अर्घाखाँचीले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रम लाई सम्बोधन गर्न अर्घाखाँची आएका केन्द्रिय उपाध्यक्ष शुभाषचन्द्र नेङवानले आसन्न मंसिर ४ मा हुने संघ र प्रदेशको निर्बाचनमा नेकपा ( एमाले ) ले भुमिका तथा रास्ट्रिय राजनीतिको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए ।

पत्रकार सम्मेलन प्रेस चौतारी नेपाल  जिल्ला शाखा  अर्घाखाँचीका अध्यक्ष वसन्त श्रेष्ठ छापेलीको अध्यक्षता तथा सचीव माधब बेल्बासेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्