माओवादीको केन्द्रीय सचिवमा अर्घाखाँचीका आचार्य

| २०७९ भदौ ४ गते २१: ०४ मा प्रकाशित

अर्घाखाँची। नेकपा (माओवादी) केन्द्रको बैठकले केन्द्रीय सचिवमा अर्घाखाँची अर्घामा जन्मिएका डिलाराम आचार्यलाई जिम्मेवारी दिएको छ । २०५६ सालमा तत्कालिन अर्घाखाँची निर्वाचिन क्षेत्र १ बाट सांसदमा विजयी भएका थिए । 

 एमालेको सहयोगमा सांसद भएका थिए । उनी राष्ट्रिय जनमाेचाका महासचिव भए । शान्ति प्रक्रियापछि माओवादीमा प्रवेश गरेका थिए । त्यसपछि पाटी अध्यक्ष पुष्पकमल दाहाल नजिक भएका पाटी संगठनमा काम गर्दै आएका छन् । 

आज काठमाडौमा बसेको पाटी बैठकबाट उनलाई सचिव पदको जिम्मेवारी दिइएको हो । आचार्य माओवादी केन्द्रमा लोकप्रिय नेता हुन । उनको भाषण तर्क संगत हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्