अर्घाखाँची बुलेटीनले शुरु गर्‍यो स्थानीय सरकारलाई खबरदारी : माग्यो सुचनाको हक सम्बन्धि सुचना

| २०७९ भदौ ५ गते ०३: ३६ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। एउटा सुक्षित समाजमा सबैको आफ्नो आफ्नो बिशेश महत्त्व हुने गर्छ, राजनीति, बुद्धिजीवी, पत्रकार कर्मचारी लगायत एउटा सर्बसामन्री नागरिक, मात्र ब्यबस्थाले मात्र सामाजिक उत्तरदायित्व पूरा हुन सकदैन। एउटा कोरा सिद्धांत बाट सभ्य समाजको स्वपन एउटा परिकल्पना मात्र हुन्छ। हामी मानव समाजलाई प्रगतिशील समाज भनेर परिभाषित गरेर मात्र हुदैन यथार्थमा हामी यसलाई ब्यबहारिक रुपमा कार्यन्वन गर्नु नै असल ब्यबस्थाको उचित प्रयोजन हो। हो हामिले ब्यबस्था निरन्तर परिबर्तन गर्यौ सायद विश्व इतिहासमा यो एउटा उदाहरण बनेर रहन सक्छ तर जुन सुकै ब्यबस्था आयपनी हामिले अबस्था परिबर्तन गर्न भने निरन्तर असफल भयौं यसको ज्वलन्त उदाहरण हाम्रो अघि बिधमान समाज हो।

हामी आम नागरिक पनि अब चेतनाको स्तरलाई फराकिलो बनाउनु नितान्त आबस्यकता छ हामी परिवर्तनको चाहना अरुबाट राख्ने होइन यो सुरुवात अब हामी बाट नै उदघोष गर्नु पर्दछ। अब हामी समाजमा हुने चरम अनिमियता, ब्यतिथी, भष्टचार, ज्यादती, नाता वाद चरम लापरबाही, शोषण र अराजकता को मुखदर्शक मात्र होइन अब खबरदारी सगै यस्ता कार्य पर्ती निरन्तर सजग र चनाखो बन्न अत्यन्त जरुरत रहेको छ।

हो यस्तै लोकतान्त्रिक समाजमा अझ लोकतन्त्रलाई मजबुत र बलियो बनाउन अर्घाखाँची बुलेटिनले संबंधित निकायलाई खबरदारी जनतालाई सुक्षित सगै जागरुक गर्न अर्घाखाँचीमा खेलेको भुमिका लाई सम्पुर्ण अर्घाखाँची बासिहरुले स्नेह र सद्भाव देखाउनु भएको छ यस पर्ती सम्पुर्ण अर्घाखाँची बासिलाई अर्घाखाँची बुलेटिन हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

सूचना उपलब्ध गराउँने सम्बन्धमा 

यस्तै रचनात्मक कार्य अन्तर्गत अब हामिले अर्घाखाँची का प्रत्येक नगरपालिका र गाउपालिकाका जनपर्तिनिधी को मासिक तलब भत्ता, सेबा सुबिधा र अन्य खर्च, मिडिया हुने राजनीतिक आधारमा भागबन्डा गर्ने जस्ता कार्य हरुको संबंधित निकाय बाट सुचना लिई जनता लाई जानकारी पुर्याउदै जनतालाई सुक्षित गर्ने र जनता को पैसा कतै नजायज र अनुचित कार्यमा त उपभोग त भयको छैन यसको बारेमा जनतालाई न अगामी निर्णय गर्न सहज हुने, र आफुले कर स्वरुप राष्ट्र लाई तिरेको पैसाको हिसाब खोज्ने जनताको नैसर्गिक अधिकार पनि हो। हाम्रो नारा छ " जागौ अब आँखा खोलौ" यहि नारा स्वरुप हामिले जनताको करको सहि सदुपयोग भयको नभएको बारेमा हामी प्रश्न र सुचना मार्फत अबगत गराउने छौ।

अर्घाखाँची बुलेटिन अब देखि मासिक आफ्नो बिशेश अन्कको स्तम्भमा निम्नलिखित जानकारी हरु सुचनाको हक मार्फत सार्बजनिक गर्ने छ। त्यसैको पहिलो पहल कदम स्वरुप हामी सुरुवात गर्दै छौ। "हजार माईलको बाटो एउटा पाईला बाट सुरु हुन्छ" भने झै हाम्रो यो सुरुवात लाई संबंधित नगरपालिका/गाउपालिका ले सुचना उपलब्ध गराई सहयोग गरिदिन र आम नागरिकलाई सल्लाह सुझाव दियर सहयोग गर्न अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्