म उम्मेदवार भएमा टोपबहादुरलाई सजिलै हराउँछु :डिलाराम आचार्य

| २०७९ भदौ १२ गते १७: ४७ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची।नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले अर्घाखाँची प्रतिनिधिसभा सदस्य निर्वाचनमा चुनाव लड्न आफुले तयारी गरेको बताए। 

उनले पाटीले पठाएमा टोपबहादुर रायमाझीको विरासत तोड्न गठबन्धनबाट उम्मेदवार बन्ने बताए ।‘म उम्मेदवार भएमा टोपबहादुरलाई सजिलै हराउँछु,’ आचार्यले भने, ‘गठबन्धन मध्ये अर्घाखाँची कांग्रेस र माओवादी कस्लाई पर्ने भन्नेबार छलफल चलिरहेको छ । पाटीले मलाई पठाएमा म चुनाव लड्ने तयारी गरेको छु ।’

आचार्य माओवादी केन्द्रको सचिव भएपछि उम्मेदवारको चर्चा चलेको छ । रायमाझी र आचार्य एउटै गाउँ अर्घाका हुन ।

प्रतिक्रिया दिनुहोस्