नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले राख्यो सचेतनात्मक होर्डिङ्ग बोर्ड

| २०७९ भदौ १९ गते १५: ०० मा प्रकाशित

प्रेमनारायण  आचार्य ,सन्धिखर्क। नेपाल निजामती कर्मचारी युनियनले आफ्नो स्थापना दिवसको अवसर पारेर अर्घाखाँची जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल सुपादेउराली मन्दिर क्षेत्र र अर्घाखाँची जिल्ला भित्रिने पत्थरकोटमा सचेतनामूलक होर्डिङ्गबोर्डहरु राखेको  छ ।
 
जिल्लामा रचनात्मक र सचेतनामूलक क्रियाकलाप गर्दै आएको युनियनले यस भन्दा अगाडि पर्यटकीय स्थल नरपानीको बृहत सरसफाई समेत गरेको थियो । सेवा प्रवाहमा असर नपरोस भनेर शनिवार विदाको दिन उक्त स्थानमा सचेतनात्मक बोर्डहरु राख्ने कार्य गरेको नेपाल निजामती कर्मचारी युनियनका नेता तथा आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण वर्माले बताउनुभयो  । 

हरेक वर्ष भदौ १९ लाई युनियन दिवस मनाउने नेपाल निजामती कर्मचारी युनियनले दिवसको दिन विहान  ७:०० अर्घाखाँची अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण र उक्त कार्यक्रम पश्चात सदरमुकाममा रहेको निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई केही राहत सामग्री वितरण गर्ने कार्यक्रम रहेको युनियनका जिल्ला अध्यक्ष माधव अर्यालले जानाकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्