अर्घाखाँचीमा ठक्कर दिएर भाग्ने ब्याक्तिको अझै सम्म पत्ता लाग्न सकेन: कारवाही गर्न लायन्स क्लव अफ अर्घाखाँचीको आग्रह

| २०७९ भदौ २९ गते २२: २६ मा प्रकाशित

हरिप्रसाद भुसाल ,अर्घाखाँची । अज्ञात व्यक्तिको ठक्कर दिएर घाईते भएका लायन्स क्लव अफ अर्घाखाँचीका सदस्य नवराज बन्जाडेको सघन उपचार भैरहँदा क्लवले तत्काल दोशीको पहिचान गरी दोशीलाई कारवाहीको माग गरेको छ ।

जिल्ला प्रशासन काार्यालय अर्घाखाँची र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पुगेर क्लवका संस्थापक अध्यक्ष हरिप्रसाद भुसाल सहित पदाधिकारी तथा सदस्यहरुले घटना भएको लामो समय भैसक्दापनि दोशी पहिचान नहुनु चिन्ताको विषय भएको भन्दै सक्रियता बढाउन सुरक्षा अधिकारीहरुलाई आग्रह गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे र निमित्त प्रहरी प्रमुख कृष्ण प्रसाद घिमिरेलाई ज्ञापनपत्र बुझाउदै उनीहरुले घटना भएको लामो समय भैसक्दासम्म पनि दोशी पत्ता नलाग्नुमा सुरक्षा निकायको कमजोरी त छैन भन्दै प्रश्न गरेका छन् ।

“सन्धिखर्कको मुल बाटोमै भएको घटना यति लामो समयसम्म पनि वास्तविकता बाहिर नआउनु र दोशी फेला नपर्नुले सुरक्षा निकायको लापरवाहीमात्र देखिएको छैन, स्वतन्त्रता पूर्वक बाँच्न पाउने नागरिकको अधिकार समेत कुण्ठीत हुनपुगेको हामीले अनुभूती गरेका छौं” ज्ञापनपत्रमा भनिएको छ “यसर्थ उक्त घटनाको सत्य तथ्य छानविन गरी दोशी उपर कडाभन्दा कडा कारवाहीको लागि हामी जोडदार माग गर्दछौं ।”

यही भाद्र २५ गते साँझ घरअगाडी बाटोमा हिडिरहेको बेला मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका बन्जाडेको अहिले प्रादेशीक अस्पताल बुटवलमा उपचार भैरहेको छ । कुमको पछाडीपट्टीबाट ठक्कर दिई भागेको मोटरसाईकलकल र चालकको हालसम्म पहिचान भैसकेको छैन । यद्यपी प्रहरीले भने अनुसन्धानमा स्थानीयबाट अपेक्षित सहयोग पाउन नसकेको गुनासो गरेको छ ।source - kharonews.com

प्रतिक्रिया दिनुहोस्