नियमित बर्षाको कारण अर्घाखाँचीमा १० बषिया बालक बेपत्ता: २१ घरपरिवारका ९६ जना बिस्तापित

| २०७९ असोज २० गते २१: ४८ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। आश्बिन १८ गते  राती  देखि परेको निरन्तर बर्षाको कारण अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा न. ७ निवासी  १० बर्षियाबालक समीर पौडेल सनपा ७ कै खर्ज्याङ खोला स्थित किटेनी पुल नजिकै बाट बेपत्ता भएका छन्। 

जिल्लाको छत्रदेब गाउँपालिका वडा न. ७ र ८ का १० घरपरिवारका ४६ जना ,मालारानी गाउँपालिका वडा न.६ का ७ घरपरिबारका ३५ जना , सन्धिखर्क नगरपालिका वडा न.६ का ३ घरपरिवारका १३ र पाणिनि गाउँपालिका वडा न.८ का १ घरका २ जना सहित ९६ जना बिस्तापित भएका छन,बेपत्ता बालकको खोजी कार्यको लागी नेपाली सेना ,जनपद प्रहरी, सशस्त्र प्रहरी टोलि निरन्तर खोजी कार्यमा  रहेको भए पनि अहिले सम्म  भेट्टाउन सकेको छैन। 

उता बिस्तापित घरपरिवार लाई शुरक्षित ठाउँमा स्तान्तरण गराइएको  प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताएका छन ,यसै बिच  जिल्ला स्थित मुख्य सडक सन्धिखर्क गोरुसिङे सुचारु हुनुका साथै  अबरुद्ध साहायक सडक हरु खुलाउने प्रयास भइ रहेको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जनाएका छन्। 

प्रतिक्रिया दिनुहोस्