अर्घाखाँची स्थित मुख्य निर्बाचन अधिकृतको कार्यालयमा आयोजित सर्बपक्षिय बैठक सम्पन्न

| २०७९ असोज २२ गते २०: ५१ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। मंसिर -४ मा सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचन -२०७९ को पुर्ब सन्ध्यामा आयोजित सर्बपक्षिय बैठक सम्पन्न भएको छ ।बैठकले आश्बिन २३ गते उम्मेदवारहरुको   मनोनयन तथा उम्मेदवार र राजनैतिक दलहरुले निर्बाचन आचारसंहिता कार्यान्वयन गर्ने गराउनेमा प्रतिबद्धता गरेका छन् ।

  उम्मेदवारि दर्ता गर्ने गराउने  सम्बन्धमा 

 बिहान -१० बजे  स्वतन्त्र  उम्मेदवारी ।
 बिहान-११ बजे रास्ट्रिय जनमोर्चा ।
 बिहान-१२ बजे जनता समाजबादी।
 दिउसो -१ बजे नेकपा एमाले ।
 दिउसो -२ बजे नेपाली काङ्ग्रेस ।
 दिउसो -२.३० बजे नेकपा ( माओबादी केन्द)।

 दिउसो -३ बजे रास्ट्रिय प्रजातन्त्र पार्टी को समय निर्धारण गरिएको छ साथै मनोनयन गर्न जादा एउटा राजनैतिक दलले २५ जना भन्दा बढीको संख्यामा उपस्थित गराउन नपाइने , मुख्य निर्बाचन कार्यालय परिसरमा  नाराजुलुस ,माइक साउन्डबक्स प्रयोग गर्न नपाउने जस्ता निर्णय गरिएको छ ।बैठकले मुख्य निर्बाचन अधिकृतको कार्यालय आसपास पुर्ब शिक्षा बिकाश तथा समन्वय इकाई कार्यलय भबन ,पश्चिम जिल्ला हुलाक कार्यलय भबन,उत्तर कोष तथा लेखा नियन्त्रण कार्यालय भबन तथा दक्षिण जिल्ला समन्वय समितिको सभाहल  भित्रको एरिया लाई बिशेष एरिया तोकेको छ।

 प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको बिशेष उपस्थितमा शुरु बैठकमा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख , जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु, जिल्ला निबाचन  अधिकृत ,जिल्ला स्थित राजनैतिक दल नेकपा एमाले , नेपाली काङ्ग्रेस , नेकपा ( माओबादी केन्द्र ) रास्ट्रिय जनमोर्चा , जनता समाजबादी पार्टी , राप्रपा , नेपाल परिवार दलका प्रमुख तथा प्रतिनिधि , जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

 बैठक मुख्य निर्बाचन अधिकृत तथा माननीय जिल्ला न्यायाधीश डा.श्रीकृष्ण भट्टराईको अध्यक्षता जिल्ला अदालतका श्रेतेदार महेश खनालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्