अर्घाखाँचीको प्रतिनिधीसभामा काँग्रेसबाट पुष्पा भुसालको उम्मेदवारी दर्ता

| २०७९ असोज २४ गते १९: २९ मा प्रकाशित

घनश्याम पौडेल,अर्घाखाँची। नेपाली काँग्रेसको तर्फबाट अर्घाखाँचीको प्रतिनिधिसभा सदस्य पदमा पुष्पा भुसालको उम्मेदवारी दर्ता भएको छ ।

गठबन्धन दलको तर्फबाट आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि पुर्व उपसभामुख समेत रहेकी भुसालको उम्मेदवारी दर्ता भएको हो ।

गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुर कुमार विकले प्रदेश (क) मा उम्मेदवारी दर्ता गराएकन छन् ।

प्रदेश सभा (ख) मा नेपाली काँग्रेसको तर्फबाट कमलप्रसाद भुसालले उम्मेदवारी दर्ता गराएका छन् । भुसाल र विक सन्धिखर्क नगरपालिकाका पुर्व मेयर र उपमेयर हुन ।

 

प्रतिक्रिया दिनुहोस्