एमाले सचिव टोपबहादुर रायमाझीद्वारा अर्घाखाँचीबाट मनोनयन दर्ता

| २०७९ असोज २४ गते १९: ४२ मा प्रकाशित

बिरेन्द्र केसी ,अर्घाखाँची। नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझीले अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबार सन्धिखर्कस्थित निर्वाचन कार्यालयमा गएर मनोनयन दर्ता गराएका हुन् ।

२०६४ सालदेखि निरन्तर तीन पटक रायमाझी निर्वाचित हुँदै आएका छन् । पहिलो र दोस्रो संविधानसभामा माओवादीकै बलमा चुनाव जिते । २०७४ को वाम–गठबन्धनमा एमाले र राष्ट्रिय जनमोर्चाको सहयोगमा चुनाव जिते । पटक पटक मन्त्रीसहित उपप्रधानमन्त्रीसम्म भएका रायमाझी नेकपा विभाजनपछि पुष्पकमल दाहाललाई छाडेर केपीशर्मा ओलीतिर लागे ।

रायमाझी चौथो पटक भने एमालेबाट चुनाव लड्दैछन् । ०७४ को जस्तो यसपटक माओवादी र राष्ट्रिय जनमोर्चा उनको साथमा छैन । तर, ०७९ को स्थानीय तह निर्वाचनमा धेरै पालिका जितेपछि एमाले उत्साहित छ । ५ दलीय गठबन्धनका बावजुद एमालेले ६ स्थानीय तहका १२ पदमध्ये ८ पदमा जितेको छ । स्थानीय तहको चुनावमा गठबन्धन असफल भएको थियो । गठबन्धनले कांग्रेसको तर्फबाट उपसभामुख पुष्पा भुसाल गौतमलाई उम्मेदवार बनाएको छ । यसैबीच एमालेबाट प्रदेशसभा (क) मा केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेशसभा (ख) मा लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य रामजीप्रसाद घिमिरेले उम्मेदवारी मनोनयन दर्ता गराए । ०७४ सालको चुनावमा रायमाझी, आचार्य र घिमिरेले जितेका थिए ।स्रोत - ई - कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्