अर्घाखाँचीमा राम्रो उम्मेदवारको खडेरी: सबै झट्का' ग'फा'डि

| २०७९ असोज २७ गते १८: ०९ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। यतिबेला सधैका चुनावमा जस्तै यसपाली पनि अर्घाखाँचीमा चुनाबी माहोल बन्दै छ। विभिन्न राजनीति दलहरूका उम्मेदवार हरुले आफ्नो उम्मेदवारी पनि दर्ता गराई सक्नु भयको छ। परेको बेलामा गधालाई पनि बा भन्ने नेपाली कथन जस्तै यति बेला नेताहरुको अवस्था पनि ठिक यस्तै नै छ। जे गर्न जसो गर्न पनि तयार छन। चुनाव जिते वा हारेपछी जनता सग को ब्यहबार भने सर्प र न्याहुरी मुसो को जस्तै हुने गर्छ। यति बेला नेताहरू जनता लाई झुट र भ्रम को खेती गर्दै अनेक आश्वासन बाड्दै आफ्नो कोल्टामा पार्न मरि मेटि लागेका छन।

तर यसपालि पनि अर्घाखाँचीमा अर्घाखाँची बासिले चाहे जस्तो कुनै राजनीति वा स्वतन्त्र कसैले उम्मेदवार दिन सकेन उहीँ पुराना चेहरा लाई मुख्य राजनीति दलले मैदानमा उतारेका छन।

जुन चेहरा र नाम बाट अर्घाखाँचीका जनता हरु आर्जित भै सकेका छन। उनिहरुको झुट चरम लापरबाही र स्वार्थी राजनीति ले गर्दा आज अर्घाखाँची को अवस्था दयनीय बन्न पुगेको छ। अर्घाखाँची भष्टचारको दर्हो अखाडा, विधि र कानुनको राजनीति दलको आधार र निर्देशनमा तय हुन्छ। अर्घाखाँचीमा कयौ सामाजिक अपराध र बिकृतिलाई राजनीति आड र आफ्नो पहुच को आधारमा दबाईन्छ या त यसलाई कमजोर पारिन्छ जसका उदाहरण हरु अनगिन्ती छन।
सबै क्षेत्र कुनै न कुनै राजनीतिक दलको भागबन्डा मा छ हरेक सबिधानिक निकाय देखि स्वतन्त्र निकाय सम्म राजनीतिक प्रभाव र दबाब छ यहि पत्रकारितामा पनि मुख्य धारका पत्रकार सामाजिक बिषय मौन र पुर्णतया अन्धा छ्न।

यस्तो बिकराल समाजको परिस्थितिमा एमाले उम्मेदवार टोपबहादुर रायमाझी हुन उनी लामो समय सम्म अर्घाखाँची को राजनीतिमा हाबी रहे तर अर्घाखाँचीमा आमूल परिबर्तन गर्न असक्षम रहे, उनी आफ्नो निजि स्वार्थ मा लिप्त र आफ्ना आसेपासेको स्यहार र संरक्षणमा लागे, टोपबहादुर रायमाझी पार्टि परिवर्तन गर्न निकै चतुर र चलाखी छन। उनी जब परिस्थिति परिवर्तन हुन्छ उनी सुरक्षित स्थानको खोजिमा हुन्छन्। उनी मसाल देखि माओवादी हुँदै अहिले एमालेमा नया आगन्तुक हुन। बोली र कुरा मिठा भय पनि कार्य क्षमता मा उनी असफल हुन। यति बेला उनको एमालेमा अग्नि परिक्षा जस्तै छ। जब अर्घाखाँची को चुनाबी गणित आफ्नो पक्षमा नभए पछि पुन माओवादी मा जाने खबर पनि केही सार्बजनिक भयका थिए यस बाट उनी एक अबसरबादी नेता हुन भन्ने आरोप पनि लाग्दै आयको छ। एमालेमा आफ्नो अस्तित्व बचाउन उनले चुनाव हरहाल मा चुनाव जित्नु पर्ने चुनौती रहेको छ। उनलाई जिल्लामा केही कर्मठ एमाले कार्यकर्ता ले जिल्ला को एमाले कब्जा गरेको आरोप पनि लगाउने गरेका छन।

अर्को तर्फ गठबन्धन को साझा उम्मेदवार पुष्पा भुसाल उठेकी छिन उनी पनि बारम्बार कहिले प्रत्यक्ष त कहिले समानुपातिक तर्फबाट जिल्ला को नेतृत्व गरेपनी जिल्ला को लागि केही मुसो पनि मारेकी छैनन भन्ने आरोप छ। उनी महिला नेतृत्व र साहासी भयपनी ठुला नेताहरूका अगाडि लम्पसार हुने बार्गेनिङ गर्ने बानी रहेको उनका निकटम को भनाई छ, पद र सत्ताको लागि उनी जता पनि लाग्ने गुट परिवर्तन गर्ने बानी रहेको छ। ब्यक्तिगत रुपमा राजनीतिको उचाईमा पुगे पनि जिल्लाको लागि केही नगरेको र कुनै ठोस निष्कर्ष दिन नसक्ने अनि ठाउमा पुगेर पनि अर्घाखाँचीको लागि केही नगरेको आरोप छ,। पुष्पा भुसाल जिल्लामा पनि त्यति लोकप्रिय पनि छैनन् उनी जिल्लाकि आगन्तुक उम्मेदवार जस्तो धेरैको बुझाई रहेको छ। कार्यकर्ता माझ पनि उनको लोकप्रिय त खासै छैन।

त्यस्तै अहिले खुलेको नया पार्टी रबि लामिछाने को स्वतन्त्र पार्टि बाट हरि प्रसाद भुसाल ले उम्मेदवारी दियका छन  केही दिन सम्म स्वतन्त्र बाट उठ्नु पर्छ भन्दै मान्छे जम्मा गर्ने अनि सबैलाई तेहि भन्ने एक्कासि स्वतन्त्र बाट रातारात टिकट लियर जिल्ला लाई नै द्ङ्ग पारेका छन। अहिले जनताहरु भन्छ्न सबै एउटा ड्याङ्ग्का मुला, जता काफल पाक्यो उतै चरी नाछे जस्तो पाराले राजनीतिक भबिष्य कस्तो होला र?जे गरे पनि जसो गरेपनी जनतालाई बेकुब बनायो यहि हो राजनीति ?

अर्का स्वतन्त्र का दुर्गा बन्जाडे पनि नेपालका लागि नेपाली बाट उठेका छन जिल्ला मा न सङ्ग्ठन छ न उनी अर्घाखाँची जिल्ला कै भय पनि उनलाई धेरैले चिन्दैनन।राप्रपा पनि होम नारायण बेल्बासे लाई उठायको छ यसको पनि सङग्ठन जिल्लामा निकै कमजोर छ। उम्मेदवारमा पनि त्यति राजनीतिक परिपक्वता खासै छैन।

अन्य केही उठे पनि सबै केही दिनको लागि नामको लागि मात्र हो तर अर्घाखाँची जिल्लाको लागि भने जति जोगि आय पनि कानै चिरेका।

प्रतिक्रिया दिनुहोस्