शुरक्षित गर्भपतन अपराध हैन अधिकार हो भन्ने मुलनाराका साथ अर्घाखाँचीमा क्रियाशिल संचारकर्मीहरु संग अन्तरक्रीया कार्यक्रम सम्पन्न

| २०७९ असोज ३१ गते १४: ३१ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। प्रजनन स्वास्थ अधिकार र शुरक्षित गर्भपतन सेवाको  पैरवीका लागी जिल्लामा क्रीयाशिल संचारकर्मीहरु सगको अन्तरक्रीया तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

 समाजसेवा तथा बाताबरण  संस्कृति संरक्षण  समूह अर्घाखाँचीको आयोजना आइपास नेपालको आर्थिक सहयोग र स्वास्थ कार्यालय अर्घाखाँचीको समन्वयमा  सम्पन्न कार्यक्रममा  स्वास्थ कार्यालय अर्घाखाँचीका प्रमुख पुस्पा थापा , स्वास्थ निरीक्षक गणेशराज पौडेल ,समुहका प्रमुख निर्देशक लक्ष्मी अधिकारी  पौडेल , समुहका पुर्ब अध्यक्ष बाबुराम पौडेल ,  सल्लाहकार राजेश पन्थी , कार्यक्रम अधिकृत आदर्श अधिकारी , पत्रकार महासंघका  केन्द्रिय सदस्य राधा नेपाली ,जिल्ला अध्यक्ष अशोक खनाल  प्रदेश सदस्य प्रेम नारायण आचार्य , समुहका लेखा प्रमुख मन्जु भट्टराई तथा जिल्लामा क्रीयाशिल संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

सोमबार जिल्लाको ओल्ड एभरेस्ट होटलमा सप्पन्न  कार्यक्रममा  शुरक्षित गर्भ पतन र प्रजनन स्वास्थ अधिकार  सम्बन्धि बिषयमा  चारवटा समूह बनाइ अन्तरक्रीया तथा छलफलमा  शुरक्षित गर्भपतन गराउन पाउने अवस्था ,शुरक्षित गर्भपतन गर्न  नपाउने अबस्थाहरु , लिङ्ग पहिचान गरि गर्भपतन गर्न नहुने , मन्जुरीनामा सम्बन्धि ब्याबस्था तथा कानुनी   ब्याबस्थाको बारेमा छलफल तथा अन्तरक्रिया गरिएको थियो। 

 कार्यक्रम समुहका कार्यकारी निर्देशक लक्ष्मी अधिकारी पौडेलको अध्यक्षता तथा समुहका कार्यक्रम अधिकृत आदर्श अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्