जनप्रतिनिधि जनताको सेवक होः चेतनारायण आचार्य

| २०७९ कार्तिक ४ गते १९: २४ मा प्रकाशित

कमला पोख्रेल,सन्धिखर्क।  नेकपा एमालेका केन्द्रीय सदस्य, पुर्ब प्रदेश मन्त्री तथा अर्घाखाँची जिल्ला प्रदेश सभा (क) का उम्मेदवार चेतनारायण आचार्यले जनप्रतिनिधि जनताको सेवक भएको बताउनु भएको छ । 

अर्घाखाँचीको मालारानी गाउँपालीका वडा नम्वर ४ खनका टोलटोलमा मतदाताहरु संग भएको छलफल तथा भेटघाट कार्यक्रममा मन्तव्य राख्दै उम्मेदवार आचार्यले नेपालको राजनितीमा विकृति पैदा भएको प्रति गुनासो गर्दै उहाँले व्यक्तिगत स्वार्थ र लाभको निम्ति राजनिती गर्नेहरुलाई जनताले तिरस्कार गर्नुपर्ने वताउनु भयो । 
 
नेकपा एमालेलेको तर्फबाट अर्घाखाँची जिल्ला क्षेत्र नं.–१ (क) बाट उम्मेदवार बन्नु भएका उहाँले सांसद मन्त्री भएको समयमा पनि अहोरात्र जनताको सेवामा खटेको स्मरण गराउँदै उहाँले पदमा रहेको समयमा व्यक्तिगत र दलगत स्वार्थ भन्दा माथि उठेर काम गरेको दावी गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटि सदस्य जनार्दन खनाल, एमाले जिल्ला सचिवालय सदस्य लिला बिक, नेकपा एमाले मालारानी गाउँपालिकाका अध्यक्ष शालिकराम आचार्य, निबर्तमान मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य,  लगायतले मन्तब्य राख्नु भएको अर्जुन खनालले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्