अर्घाखाँची प्रदेश सभा (क) मा चौहानद्धारा उम्मेदवारी फिर्ता

| २०७९ कार्तिक १४ गते ०१: १५ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। एकिृकत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले उम्मेदवारी फिर्ता लिई राष्ट्रिय जनमोर्चाका सागर केसीलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

अर्घाखाँचीको प्रदेश सभा (क) मा उम्मेदवारी दर्ता गरेका चौहानले आइतबार सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरि उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

चौहानले कार्यक्रममा बोल्दै उम्मेदवारी फिर्ता लिएर प्रतिगमनका विरुद्ध एकतावद्ध भएर लाग्ने बताए । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरेको संसद विघटन संविधान विरोधी भएकाले गठबन्धनको तर्फबाट प्रतिनिधी सभाका उम्मेदवार पुष्पा भुसाल, प्रदेश सभा (क) मा जनमोर्चाका सागर केसी र प्रदेश सभा (ख) मा काँग्रेसका कमल भुसालको जित अपरिहार्य रहेको बताए ।

चौहानले गठबन्धनको जितका लागि आफुले उम्मेदवारी फिर्ता लिएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्