नेपाल कम्युनिस्ट पार्टीका तीन दलिय मोर्चाद्वारा संसदिय निर्वाचन यसको औचित्य बिषयक संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०७९ कार्तिक १५ गते १७: ५२ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क।नेपाल कम्युनिस्ट पार्टीको तिनदलिय मोर्चा नेकपा (बहुमत ) ,नेकपा मसाल र नेकपा क्रान्तिकारी माओबादी अर्घाखाँचीले संयुक्त रुपमा संसदिय चुनाव अबज्ञा र बहिष्कार गरौं भन्ने मुलनाराका साथ सर्बपक्षिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
 
नेकपा (बहुमत )का केन्द्रिय सदस्य तथा अर्घाखाँची कपिलवस्तु इन्चार्ज शेरमानको प्रमुख आतिथ्यता मा शुरु कार्यक्रममा नेकपा मसालका नेता कृष्ण बहादुर केसि, एमाले नेता रामचन्द्र पोख्रेल ,माओबादी केन्द्रका नेता डिलाराम पान्डे ,नेपाल समाजबादिका नेता पुस्करनाथ आचार्य , नेकपा ( बहुमत ) का  ब्युरो सदस्य  तथा रुपन्देही संयोजक सुनिल बन्जाडे , अनेमसंगठन कि केन्द्रिय महासचिव रेखा खनाल ,नेपाल परिवार दलका नेता डिल्लीराज भुसाल ,नागरिक समाजका अध्यक्ष नन्दराम पोख्रेल तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

नेपाली जनताको हित गर्ने नौलो जनबाद हुदै बैज्ञानिक समाजबाद स्थापनाका लागी अगाडि बढ्ने प्रस्तुत  अपिल पत्रमा भनिएको छ चारदशक देखि संचालित दलाल संसदिय ब्याबस्थाको कारण नेपाल आर्थिक रूपमा श्रीलंका र राजनैतिक रुपले युक्रेन हुदै जान थालेको भन्दै ,नेपालमा बाइड- बडि जाहाजमा भएको भस्टाचार,सेक्युरिटी प्रेस खरिदमा भएको कमिसनखोरी ,सुन कान्ड, ओम्नि कान्ड,बतास कान्ड, एनसेल लाई ट्याक्स मिनाहा ,निर्मला पन्तको हत्या प्रकरणमा राज्यको मौनता ,निरन्तरको सरकार बदली जस्ता  संसदिय ब्याबस्थाको चारीत्रीक विशेषता भएको भन्दै ढाइपेज लामो आपिलपत्र  प्रस्तुत गरिएको थियो ।
 
कार्यक्रम मसालका प्रतिनिधि नरेन्द्र थापाको अध्यक्षता  मसाल नेता कृष्ण केसीको कार्यपत्र प्रस्तुति क्रान्तिकारी माओबादीका जिल्ला सचीव टन्कमानको स्वागत मन्तव्य तथा नेपाल (बहुमत ) का जिल्ला सचीव  नवीन खड्का बारुदको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्