रिटर्नी फेडेरेसन अर्घाखाँची चुनाव प्रचारप्रसारमा सक्रिय

| २०७९ कार्तिक २७ गते २२: ०५ मा प्रकाशित

हरि कुँवर ,अर्घाखाँची ।नेकपा एमाले निकट रिटर्नी फेडेरेसन अर्घाखाँची चुनाव प्रचारप्रसारमा सक्रिय देखिएको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले अर्घाखाँचीका उम्मेदवारहरु लाई जिताउन लागि परेको हो ।

मालारानी-६ सकिन्धारा माइकाथान चुनावी सभामा पूर्वमन्त्री एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्य संगै चुनाव प्रचारप्रसारमा देखिएका हुन ।

रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँची जिल्ला अध्यक्ष मित्रमणी मिश्रले बैदेशिक रोजगारीबाट फर्केकाहरु को लागि अवसरबाट बञ्चितहरुको हक अधिकार स्थापना गर्न एमाले विजयी हुनुपर्ने  बताए ।

‘रिटर्नीको ज्ञान, सीप पूँजी र रोजगार, समृद्ध नेपाल निर्माणको दिगो आधार’ भन्ने मुल नारासहित रिटर्नी फेडेरेसन नेपाल सह कोषाध्यक्ष वसन्त केसी , केन्द्रिय सद्स्य रामु गैरे , जिल्ला अध्यक्ष मित्रमणी मिश्र , लुम्बिनी प्रदेश सचिब राजेन्द्र पन्थी , प्रदेश सद्स्य हिमाल भुसाल र प्रदेश सद्स्य सागर खड्का लगाएत देखिएका हुन ।

प्रतिक्रिया दिनुहोस्