काम गर्ने बेला कहिल्यै कसै प्रति पूर्वाग्रह गरिन: रायमाझी

| २०७९ कार्तिक २८ गते १५: १० मा प्रकाशित

अर्जुन भुसाल ,सन्धिखर्क। नेकपा एमालेको तर्फबाट अर्घाखाँचीका  प्रतिनिधिसभा सदस्य पदका  टोप बहादुर रायमाझीले सन्धिखर्क नगरपालिका ६ जगतमा आयाेजित चुनावी सभालाई सम्बाेधन गर्नुभएकाे छ ।

 चुनावी सभामा बाेल्दै उहाँले जिल्लामा जल्दाबल्दा समस्यासँग आफू नजिक रहेर काम गरेकाे भन्दै  आगामी दिनमा पनि सेवा गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयाे । रायमाझीले काम गर्ने बेला कहिल्यै कसै प्रति पूर्वाग्रह नराखेकाे बताउनुभयाे ।

 उहाँले  कराेनाकाे बेला निकै मेहनत गरेर जिल्ला अस्पतालमा अक्सिजनकाे अभाव हुन नदिएकाे बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्