जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीद्वारा कोभिड १९ को संक्रमण बढ्न सक्ने भन्दै सजकता अपनाउन अनुरोध

| २०७९ पौष १७ गते १७: १३ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कोभिड १९ को संक्रमण बढ्न सक्ने भन्दै सजकता अपनाउन अनुरोध गरेको हो ।

प्रशासन कार्यालयले एक सूचना जारी गर्दै विभिन्न देशहरुमा संक्रमणका नयाँ भेरियन्ट देखा परेको र त्यसको जोखिम तथा असर यस जिल्लामा पनि पर्न सक्ने सम्भावना देखिएको कारण सवकता अपनाउन अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ, “संक्रमणको जोखिमबाट बच्न सार्वजनिक यातायातका साधन तथा बढ़ी भिडभाड हुने स्थानहरुमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नु हुन, भौतिक दुरी कायम गर्नुहुन र व्यक्तिगत सरसफाइ लगायतका स्वास्थ्य प्रोटोकल पालना गर्नु गराउनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।”

जिल्ला प्रशासन कार्यालयको अनुरोध

 

प्रतिक्रिया दिनुहोस्