पाँचौँ अर्घाखाँची महोत्सवको तयारी अन्तिम अवस्थामा: प्रधानमन्त्रीद्वारा उद्घाटन गरिने

| २०७९ माघ ८ गते १९: ४५ मा प्रकाशित

सन्धिखर्क।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ को कुंडूले फाटमा यहि  माघ ११ गतेदेखि २४ गतेसम्म संचालन हुन लागेको पाँचौं महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको छ। 

अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा हुन् गईरहेको ‘कृषि, पर्यटन, उद्योग र व्यपार समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको आयोजक समूहले बताएको छ ।

आज सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ र उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप मिश्र ले प्रदर्शनी मेला लाग्ने ठाँउको अवलोकलन गरेको जानकारी प्राप्त भएको छ। 

पाँचौं अर्घाखाँची महोत्सवको उद्घाटनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" सन्धिखर्क आउँने भएका छन्।

प्रतिक्रिया दिनुहोस्