महोत्सवको तेश्रो दिन पनि दर्शकहरुको उपस्थिति फितलो: गायक कुलेंद्रले झुमाए दर्शक

| २०७९ माघ १३ गते १९: २६ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा उधाेगिक मेला प्रदर्शनी २०७९ को तेश्रो दिन सन्धिखर्क १ को कूँडुंले फाँटंमा चर्चित लोकदोहोरि गायक कुलेंद्र विश्व कर्माको प्रस्तुतिमा दर्शकहरुले नाँचेर भरपुर् मनोरंजन लिएका छन्। 

लोकदोहोरि गायक कुलेंद्र विश्व कर्माको

प्रदर्शनीको तेश्रो दिन पनि कूँडुंले फाँटंमा दर्शकहरुको पातलो उपस्थिति रहेको देखियो। 

कूँडुंले फाँटंमा दर्शकहरु

महोत्सवको तेश्रो दिन चर्चित लोकदोहोरि गायक कुलेंद्र बिश्वकर्मा ,लोकदोहोरि गायिका सम्झना रणपाल, गायक तथा उद्घोषक दिपु मगर र दिपक दर्लामी को बेजोड प्रस्तुति रहेको थियो। 

गायिका सम्झना रणपाल

माघ ११ गते देखि २४ गतेसम्म मेला सुचारु हुने आयोजकले जनाएको छ।  ‘कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको १५ दिने मेलाको माघ ११ गते भव्य रुपमा उद्घाटन भएको हो। 

कूँडुंले फाँटंमा दर्शकहरु

महोत्सवको तेस्रो दिन अर्थात भोलि चर्चित लोकदोहोरि गायक रामजी खाँड ,गायिका सिता राना ,हाँस्य व्यंग्य कलाकार बिष्णु जी पाण्डे (माइला बा) र दिपु मगरको  बेजोड प्रस्तुति रहने छ। 

भोलि आउँने कलाकार हरु 

प्रतिक्रिया दिनुहोस्