आफ्नै सरकार आफ्नै सिद्धान्त आफ्नै प्रतिबद्धता,चुनढुङ्गा उत्खनन भएको छ: नेता ज्यु आफ्नो बचनमा अडिग रहनुहोस

| २०७९ माघ २७ गते १५: २५ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। आदरणीय जिल्ला कै समग्र बढी चासो र समाज तथा पर्यावरण को बारेमा धेरै चिन्ता गर्ने माननीय लुम्बिनी प्रदेश का मन्त्री चेतनारायण आचर्य ले खाचिकोट चुनढुङ्गा समबन्धमा हामिलाई दियको आश्वासन। के यो उहाँकै कार्यकर्ता बाट लागू होला?

 अहिले केन्द्र प्रदेश अनि स्थानीय सरकार उहाहरु कै छ। यति आदर्श र नैतिक बान नेतालाई आफ्नो प्रतिबद्धता स्मरण गराउनु उचित नहोला। यस बिषयमा एमाले लगायत चेतनारायण ज्यु को बिचार कसरी अगाडि बढ्छ? के माननीय चेतनारायण ज्यु को पार्टी र बचनमा केही हैसियत छैन यदि छ भने किन सबै मौन त? कि सबै भन्ने कुरा मात्र हुन। माननीय नेता ज्यु तपाईंको प्रतिबद्धता ईमान पूरा गर्ने नगर्ने तपाईंको हातमा छ। केही दिन अगाडि हामिसग गरेको प्रतिबद्धता अनि उहाको धारणा जस्ताको तस्तै। 

अर्घाखाँचीमा पर्यटकीय पर्यटन र एतिहासिक धार्मिक स्थललाई प्रतिकुल प्रभाव पार्ने गरि भएको चुनढुङ्गा उत्खनन स्थानीय सरकार वार्ड र नगरपालिका आपसी मिलिभगतमा चरम आर्थिक दुरुपयोगको भरमा संरक्षण दिइको  अर्घाखाँचीका प्रभावशाली नेता सामाजिक सरोकार तथा पर्यावरण बिषयमा घनिभुत चिन्तन गर्ने ने.क.पा. एमाले का केन्द्रिय सदस्य चेतनारायण आचार्य ले बताउनु भएको छ। सन्धिखर्क नगरपालिका लगायत प्रभावित सबै सितगङ्गा पाणेणी पालिकामा काङ्ग्रेस र गठबन्धन सरकार रहेको छ । यो सरकार सामाजिक र जनताको सरोकार भन्दा पनि ब्यक्तिगत स्वार्थ चरम भ्रष्टाचार मा लुप्त रहेको ले, उक्त उत्खनन जथाभावी मनपरि  समझौता बिपरित पर्यावरण लाई नकारात्मक  बिक्षिप्त पार्ने गरि उत्खनन हुदा पनि मौनता पाल्नु असोभनिय गैरजिम्मेवार हरकत सगै यस उत्खनन बाट अर्घाखाँचीले कुनै आर्थिक सामाजिक लाभ लिनु भन्दा पनि जनताहरु ले अनेक दुख सास्ती र कठिनाइ भोग्नु परेको उहाले उदृत गर्नु भयो।

यो क्षेत्र महर्षी ऋषि हरुको पबित्र तपोबन सगै धार्मिक र पर्यटकीय हिसाबले नेपालको प्रमुख आकर्षणको केन्द्र रहेको महत्त्व लाई मध्यनजर गर्दै के.पि. ओलि सरकारको पालामा यस क्षेत्रलाई नेपालका सयौ गन्तव्य क्षेत्रको सुचिमा समाबेश को घोषणा सगै लुम्बिनी प्रदेशको एक मात्र हिलस्टेशनको रूपमा बिकास गर्न मास्टर प्लान तयार पारेको समेत उहाले दाबी गर्नु भयो।

यहाँ बाट कति टिप्पर प्रतिदिन उत्खनन गरि लग्छ त्यसको लेखा जोखा न वार्डमा छ न त नगरपालिकामा नै छ। उहाँको  भनाई अनुसार प्रती टिप्पर नगरपालिका मा बुझाउने राजस्व पनि यथोचित संकलन नगरी केही आर्थिक प्रभोलनमा काङ्ग्रेस लगायत गठबन्धनका प्रतिनिधिको मिलिभगतमा  चरम राजस्व चुहावट भयको आपसी सेटल गर्ने र कुनै सरोकार  चासो नदिदा अमुल्य प्राकृतिक सम्पदा को जथाभावी दोहन हुदा जसको बदलामा नगरपालिका र स्थानीयले उचित लाभ लिन नसकेको प्रती उहाले गुनासो व्यक्त गर्नुभयो। स्थानीय गठबन्धन का जनप्रतिनिधि हरुका दोहोरो चरीत्रका कारण यति सुन्दर पहाड सुन्दर हरियाली बाताबरण कौडिको भाउमा दोहन र बिनास सगै यस क्षेत्रको धार्मिक पर्यटकीय स्थल मरुभूमि र कुरुप बनेको प्रती गहिरो दुख व्यक्त गर्नु भयो। उहाँ आफू र आफ्नो पार्टी सधै प्राकृतिक, धार्मिक र पर्यटन क्षेत्रको संरक्षणमा सधै अग्रपंक्तिमा ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर लाग्ने बताउनु भयो।

संबंधित सन्धिखर्क नगरपालिका सितगङ्गा नगरपालिका र पाणेनि गाउपालिका को उदासिन, पुजिबाद र दलाल हरुलाई प्रत्यक्ष नाङ्गो  संरक्षणका कारण र गैरजिम्मेवार पुर्ण स्थानीय सरकार ब्यबस्थापनका कारण करोडौंको राजस्व खुलेआम निर्बाध रूपमा चुहावट छ्ली गर्दा समेत गठबन्धन जनप्रतिनिधि हरु मुखदर्शक बनि जनता लाई समाजलाई धोका दिइएको आरोप समेत उहाले  लगाउनु भयो। अर्घाखाँची बुलेटिन लाई प्राप्त जानकारी अनुसार सन्धिखर्क नगरपालिका ले राजस्व को नामको लागि मात्र पर्तिबर्ष ४.५ लाखका दरले असुल गरेको जहाँ दिनको करिब 100 देखि 150 टिप्पर गुड्ने गरेको जुन लगभग एकदिन बराबरको राजस्व बुजायर पूरा बर्ष बिना राजस्व ओभर लोड बोक्दा समेत स्थानीय सरकार भने स्वार्थी  कुम्बकर्ण निन्द्रामा रहेको  अर्घाखाँची बुलेटिन लाई जानकारी गराउनु भयो।

स्थानीय स्तरमा भयका सम्झौता र सरकारी मापदण्ड को ठाडो उल्लंघन हुदा र स्थानीय आमजनता को गुनासो लाई स्वार्थमा बनेको मिलिभगत गठबन्धन स्थानीय सरकार ले बेवास्ता गरेको टिप्पणी समेत उहाले गर्नु भयो।  यस्तै करोडौं बजेटमा आम सर्बसाधरण जनताको लागि बनेको सन्धिखर्क गोरिसिङ्गे सडक अधिक लोडका कारण कुरुप क्षेत बिक्षेत र बिजोग भयको र यसको लागि बैकल्पिक मार्ग को ब्यबस्था हुनु पर्ने समेत उहाले स्पष्ट पार्नु भयो।

यसरी पर्यावरण र प्राकृतिक स्रोत को दोहन मा स्थानीय जनप्रतिनिधि प्रत्यक्ष प्रयोग भइ  यति ठुलो सामाजिक पर्यावरण क्षति भएको प्रती उहाले गम्भीर आपत्ति सहित बिधि र शासनको दुरुपयोग र उत्खनन सरासर पर्यावरण र जैविक बिबिधता प्रती घोर सामाजिक अन्याय भएको जिकिर गर्नु भयो।

आफू यस बिषयमा सधै लागेको र निरन्तर लागि रहने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो। यदि आगामी स्थानीय चुनावमा आफ्नो पार्टी बिजय भइ सरकार बने आफुले प्राथमिकता साथ  यसको उचित निकास दिने, पहिलो प्राथमिकता यसलाई बन्द गरि यहाको पर्यटन र धार्मिक क्षेत्र लाई बिकास गर्ने यदि उत्खनन केही कारण ले नरोकिय पनि पुर्ण समझौता मापदण्ड  अनुरुप र राजस्व कतै चुहावट नहुने गरि ब्यबस्थापन गर्ने  जिकिर अर्घाखाँची बुलेटिन मार्फत गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्