जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बैठक सम्पन्न

| २०७९ फागुन ४ गते १८: २८ मा प्रकाशित

हिम लेकाली, अर्घाखाँची। 
फाल्गुन ४- राजमार्ग (सडक ) अबरुद्ध हटाउने बिषयमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा  सराेकारवाला बिच बैठक सम्पन्न भएको  छ ।

प्रमुख जिल्ला अधिकारि मिना अर्यालकाे अध्यक्षतामा सम्पन्न बैठकले सन्धिखर्क गाेरूसिङ्गे (राजमार्ग ) सडककाे सन्धिखर्क देखि  फूदबाङ्ग सम्मकाे  सडक खण्ड  निर्माणकाे कार्यले  धुलाे उडेर  सन्धिखर्क  बजार क्षेत्र  अर्घाखाँची अस्पताल हुँदै फुदवाङ्ग सम्म   बस्न लायक नभएकाे र यस्ले   नगरवासी लगायत अस्पतालमा रहेका बिरामिकाे स्वास्थ्यमा  जटिल समस्या निम्ताउने  स्थितिलाई  मध्यनजर राखि  उक्त सडक निर्माण अबधिभर सडकमा पानी राखि धुलाे कम गर्ने र डेड महिना भित्र निर्माण कार्य सम्पन्न गर्न गराउन   सिवपुर सडक कार्यालय र निर्माण ब्यवसायी लाई निर्देशन  गरेने  बैठकले निर्णय गरेकाे छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा  सराेकारवाला बिच बैठक 

त्यसै गरि स्वास्थ्य कार्यालय अर्घाखाँचीकाे भवन र अस्पताल क्यान्टिन जाेखिममा परेकाेले उक्त ठाउमा वाल उठाइ सुरक्षीत गर्न कार्यालय र निर्माण कम्पनीलाई थप ध्यानाकर्षण गराएकाे  छ ।
 
जिल्ला समन्वय  समिति प्रमुख जिवनारायण काेईराला   प्रमुख अतिथि र  सन्धिखर्क नगर प्रमुख  कृष्ण प्रसाद श्रेष्ठ बिशिस्ट अतिथि रहेकाे उक्त बैठकमा प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजाल ,अनुसन्धान अधिकृत शरद पार्धे ,    जिल्ला अस्पताल प्रमुख डा.जगन्नाथ तिवारि ,   जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नूमलाल पन्थि , जिल्ला ट्ाफिक प्रहरी कार्यालय प्रमुख हरि बहादुर के.सि.    उद्योग बाणिज्य संघ महासचिव तुल्सिराम खनाल ,च्याम्वर अफ कमर्शका अध्यक्ष अशाेक कुमार श्रेष्ठ ,सडक पूर्बाधार विकास कार्यालय बिनाेद कुमार चाैधरि ,सालझण्डि ,सन्धिखर्क  ढाेरपाटन  सडक याेजनाका ई.शरद अाचार्य ,सडक डिभिजन सिवपुरका नवीन पाण्डेय ,निर्माण ब्यबसायी प्रेम पाैडेल ,पत्रकार हिम लेकाली ,सुर्य भुसाल ,स्थानीयबासि सुमन्तराज खनाल , शालिकराम अधिकारी ,नारायण खड्का ,हरि खनाल र प्रेम प्रसाद श्रेष्ठकाे उपस्थिति रहेकाे थियाे ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा  सराेकारवाला बिच बैठक सम्पन्न भएको  छ

अहिले सन्धिखर्क देखि फुदवाङ्ग सम्म हुने सडक निर्माण मा सन्धिखर्क देखि तारामार्ग सम्म ५०० मिटर   कालाे पत्रे  र २ कि.मि . ग्राभेल हुने सम्बन्धित सुत्रले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्