अर्घाखाँचीको ईतिहाँसमा पहिलो पटक श्रीपाली सुयल थापा प्रतिष्ठान नेपालको जिल्ला सम्मेलन हुने

| २०७९ फागुन १३ गते २०: २५ मा प्रकाशित

पिताम्बर थापा ,सन्धिखर्क। अर्घाखाँची जिल्लामा इतिहासको पहिलो पटक श्रीपाली सुयल थापा प्रतिष्ठान नेपालको जिल्ला सम्मेलन हुने भएको छ। 

"भाई बन्धुहरुको एकता,आजको आवश्यकता"भन्ने मुला नारा बोकेको श्रीपाली सुयल थापा प्रतिष्ठान नेपालले सुर्यवंसी बशिष्ट गोत्र श्रीपाली सुयल थापा प्रथम जिल्ला सम्मेलन समारोह गर्ने भएको हो। 

प्रथम जिल्ला सम्मेलन समारोह  फागुन १४ गते आइतवार बिहान ११ बजेर ३० मिनेटमा सन्धिखर्क १० को बेल्टारी मा हुने भएको छ। 

प्रथम जिल्ला सम्मेलन समारोहको उद्घाटन शत्रमा प्रतिनिधी सभा सदस्य माननीय टोपबहादुर रायमाझी ,ड़ा प्रेम थापा लगायतका अथितिहरुको उपस्थिति रहने आयोजक समुहले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्