पत्रकार रबि पोख्रेललाई मातृ शोक

| २०७९ फागुन १३ गते २१: ४२ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको लोकप्रिय अनलाइन मिडिया अर्घाखाँची बुलेटिन डट्कम का प्रतिनिधि रबि पोख्रेललाई मातृ शोक परेको छ। 

मालारानी गाउँपालिका वडा नम्बर ४ निवासी पूर्ण बहादुर पोख्रेलकी धर्म पत्नी पवि पोख्रेलको ६५ बर्षको उमेरमा ब्रेन ट्युमरका कारण दु:खद  निधन भएको छ। 

ब्रेन ट्युमर पिडित मृतक पवि पोख्रेल को उपचार को लागि बिभिन्न सामाजिक संघ संस्थाहरुले आर्थिक संकलन गर्नको लागि अभियान चलाएका थिए।उपचारको लागि मोटो रकम को खाँचो पर्ने अस्पतालले घरपरिवारलाई जानकारी दिए पछि पवि पोख्रेल बचाऔँ अभियान चलाईएको थियो। 

बिडम्बना आज फागुन १३ गते शनिवारको दिन ब्रेन ट्युमर पवि पोख्रेलको आफ्नै निवासमा दु:खद निधन भएको छ। 

प्रतिक्रिया दिनुहोस्