अर्घाखाँचीमा नेपाल बिधुत प्राधिकरणको चरम लापरबाही:अव्यवस्थित विद्युत प्रसारणका कारण व्यक्तिको जीवन जोखिममा

| २०७९ फागुन १४ गते १९: ४३ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँचीमा विद्युतको चरम लापरबाही र अव्यवस्थित विद्युत प्रसारणका कारण व्यक्तिको जीवन जोखिम संगै जिबन मृ'त्युको दोसाँधमा परेको छ। 

अर्घाखाँची जिल्लामा निरन्तर विद्युतको करेन्ट लागेर मृत्यु वा घाइते हुनेको संख्या निरन्तर बढेको छ। जिल्लामा प्रत्येक महिनामा ३/४ घटना विद्युतको कारणले मृत्यु वा घाइते हुने आजकाल सामान्य बनेको छ। अर्घाखाँची मात्रै वार्षिक लगभग दर्जन मानिसहरु विद्युतको करेन्टका कारण अकालमा ज्यान गुमाउन पुगेका छन भने लगभग दर्जनौका हाराहारीमा घाइते अपांग भएका छन। 

जिल्ला  विद्युत प्राधिकरको कमजोर व्यवस्थापन लगायत विद्युतमा हुने चरम अनिमियता असक्षम तथा राजनीतिको घनचक्करका कारण सामान्य व्यक्तिहरुले यसको मूल्य चुकाउनु परेको छ। यसै महिनामा पनि लगभग २/३ वटा घटना घटेका छन । आज मात्रै फागुन ११ गते घाँस काट्ने क्रममा स.न.पा. निबासी बम बहादुर रायमाझी करेन्ट लागेर गम्भीर घाइते हुनु भएको छ। उहाँलाई उपचारको लागि बुटवल लगिएको छ । 

जिल्लामा नराम्रो स्वास्थ स्थिति नै छ। सामान्य उपचार गर्न पनि बुटवल, काठमाडौ धाउन पर्ने बाध्यता जिल्लाबासिको लागी  नौलो कुरा त  होइन। आफुलाई समाजसेवी  र राजनीतिकर्मी भन्नेहरु कमिसन र घुसमै व्यस्त छन। केही दिन अगाडी यहि सन्धिखर्क नगरपालिका वार्ड न.७ का एक युवकको पनि यहि विद्युतका कारण कलिलो उमेरमै अमुल्य जीवन गुमाउनु परेको थियो। यसरी विद्युतको प्रयोगले जनताबाट मासिक चर्को शुल्क असुल गरे पनि सेवा  र सुविधा भने यसरी ज्यान जोखिममा हालेर उपभोग गर्नु पर्छ। 

यस समबन्धमा सबैको ध्यान समयमा गइ यस्ता मानवीय तथा प्राबधिक त्रुटिलाई समयमा समाधान गरी मानिसको अनमोल जिबनलाई विद्युतबाट सुरक्षित गरौँ।

प्रतिक्रिया दिनुहोस्