विश्व हिन्दु महासंघको अध्यक्षमा पुनः ज्ञानराज न्याैपाने निर्वाचित

| २०७९ फागुन १७ गते १५: ०० मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।
१७ फागुन - विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति अर्घाखाँचीकाे दाेस्राे जिल्ला अधिवेशन सम्पन्न भएको छ । 

सन्धिखर्ककाे शान्ति बगैंचामा आज भएको अधिवेशनले पुनः ज्ञानराज न्याैपानेकाे अध्यक्षतामा  १५ सदस्यीय जिल्ला कार्य समितिको सर्व सहमत निर्वाचित  गरेको हाे । 

समितिकाे उपाध्यक्षमा चिरञ्जीवी पाैडेल, सचिवमा हरि प्रसाद दमासे, काेषाध्यक्षमा मतिराज शर्मा र सहसचिवमा दुर्गा प्रसाद पाैडेल रहनु भएको छ । 
जसकाे  सदस्यमा यमराज पाण्डे, कमल प्रसाद अर्याल, प्रेमनारायण अाचार्य, कमल प्रसाद अाचार्य, लिलामणि ढुंगाना, दामाेदर पाेख्रेल, खुविराम खनाल, नवीन पाैडेल,  र पुष्पा न्याैपाने रहनु भएको छ । 

अधिवेशनले लिलाराम गाैतमकाे संयाजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसको सदस्यमा यदु काश्यप घिमिरे र चेतनारायण भण्डारी रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्