१२ औँ राष्ट्रपति रनिङ्गशिल्ड अर्घाखाँचीकाे उपाधी भूमिकास्थानलाई

| २०७९ फागुन १७ गते २२: ४३ मा प्रकाशित

गोपालप्रसाद भट्टराई 
फागुन-१७,अर्घाखाँची- १२ औं राष्टपति रनिङ्गशिल्ड प्रतियोगिता अर्घाखाँचीकाे उपाधी भूमिकास्थान नगरपालिकाले उचालेको छ ।

सदरमुकाम सन्धिखर्क स्थित टुडिखेलमा सम्पन्न प्रतियाेगितामा  भलिबल खेल नसकिदै  भुमिकास्थानले शिल्ड हात पारेको हो । 

१२औं सिजनको प्रतियोगितामा ११ अंक सहित शिर्ष स्थानमा रहदै भुमिकास्थान नगरपालिकाले शिल्ड जितेको जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीले जनाएको छ । यता दोस्रो पटक शिल्ड लैजाने लक्ष्यका साथ मैदानमा उत्रिएको सन्धिखर्क नगरपालिकाले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ । समग्र खेल विधामा ९  अंक ल्याएर सन्धिखर्क दाेस्राे भएकाे हाे ।

जिल्लाका ६ वटै पालिकाबाट खेलाडी सहभागी भएको प्रतियोगितामा ६ अंक सहित शितगङ्गा नगरपालिकाले तेस्रो स्थान हासिल गरेको छ । यस्तै भलिबल पुरुष तर्फको उपाधी उचाल्न सफल मालारानी गाउपालिका प्रतियोगितामा  चौथो भएको छ । भने महिला तर्फ कवड्डीमा जिल्ला प्रथम भै १ अंक ल्याएको छत्रदेव गाउपालिका पाचौं हुदा प्रतियोगितामा अंक बिहिन पाणिनी गाउपालिका पुच्छारमा रहनुपरेको छ । 

१२ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा १ सय देखि ३ हजार मिटर सम्मको दौड,४ × १ सय र ४×४ सय मिटरको रिलेदौड,लङजम्प,त्रिपलजम्प,हाइजम्प,सटपुट,ज्यावलिङ्गथ्रो ,कवड्डी र भलिबल गरि १० वटा विधामा छात्र र छत्रालाई प्रतिस्पर्धा गराइएको हो । 
प्रतियोगिताको उपाधी चुमेपछी खेलाडीलाई सम्मान र हौसला स्वरुप भुमिकास्थानले पन्चेबाजा बजाएर सन्धिखर्क र चुत्रावेसी बजार परिक्रमा गराइ विजयी उत्सव मनाएको छ ।

 विजयी र्यालीमा नगरप्रमुख झविलाल थापा,उप-बालकृष्ण बन्जाडे,प्रमुखप्रशासकिय अधिकृत नारायण पोख्रेल,भुमिकास्थान-८ का वार्ड अध्यक्ष राजकुमार श्रेष्ठ,शिक्षा शाखा प्रमुख तुवलाल सपकोटा सहित नगरको टिम विजयी खेलाडी तथा अन्य सरोकारवालाले सहभागीता जनाएर खुशियाली मनाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्