अर्घाखाँचीका जीवन दुवईमा अलपत्र

| २०७९ फागुन २३ गते १७: १२ मा प्रकाशित

प्रेमनारायण आचार्य, अर्घाखाँची। रोजगारीका लागि संयुक्त अरब इमिरेन्ट्स (दुवई) पुगेका अर्घाखाँचीका जीवनराम आचार्य अलपत्र परेका छन्। 

मालारानी गाउँपालिका-१, फाप्रेका आचार्यले आफू अलपत्र परेको बताउँदै छिटोभन्दा छिटो नेपाल फर्किन चाहेको बताएका छन्। 'मेरो स्वास्थ्य अवस्था बिग्रेको छ। म नेपाल फर्कंन चाहन्छु हेल्प मी दाइ।'

आचार्य काठमाडौंको ‘गणपती ओभरसिज’ बाट दुवई गएका थिए। उनले भनेका छन्, ‘काम सजिलो र आरामदायी छ, सामान प्याकिङ्ग गर्ने हो’, भनेर पठाएको थियो। भनेअनुसारको काम भएन। म बिजोग अवस्थामा छु, १२ घण्टा उभिएर काम गर्नुपर्छ। एक सेकेन्ड यता उता गर्न पाइदैँन। म नेपाल फर्कन चाहन्छु।’

आँखामा समस्या भएर काम गर्न पनि नसकेको उनले बताएका छन्। उपचार गर्न कम्पनीले समय र पैसा नदिएको उनले सुनाए। 
 

प्रतिक्रिया दिनुहोस्