अर्घाखाँचीमा जंगली जन्तु धपाउँन गाउँभरी तारजाली वितरण(भिडियो सहित)

| २०७९ फागुन २६ गते १९: २२ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँची जिल्लामा जंगली जनावर बादर, बदेल, चराचुरुङगीले खेतबारीमा लगाएको अन्नबाली खादाँ कृषकहरु हैरानी छन् । जंगली जनावर नियन्त्रणका लागी स्थानिय सरकारले बादर धपाउँने यन्त्र बनाएर वितरण गरेपनि प्रभावकारी भएन् ।

रैथानेबालीको रुपमा रहेको मकै, गहुँ लगाएतका सबै अन्नवालीमा बादरले बदमासी गर्दा कृषकहरु हैरानी छन् । ‘बिहानै उठेर साँझ रातिसम्म बारीमा नै चौकीदारी गर्ने बाध्यता कृषकहरुमा छ ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा चालु आर्थिक वर्षमा वडा कार्यालयले ४ लाख रुपैँया विनियोजन गरेर जंगली जन्तु तथा बादर नियन्त्रणका लागी तारजाली वितरण गरेको छ।

निर्वाचनको समयमा सबैभन्दा समस्या रहेको बादर नियनत्रण गर्नुपर्ने जनताको माग रहेसँगै अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गले भने ‘बादर धपाउँन कृषकहरुलाई तारजाली वितरण गरेको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । वडा कार्यालयको ५० प्रतिशत र कृषकहरुको ५० प्रतिशत लगानीमा ६ मिटर चौडाई र १०० मिटर लम्बाई भएको जाली गाउँभरीका व्यवसायीक ४६ कृषकलाई ९८ सय मिटर वितरण गरेको हो । बादर तथा जंगली जन्तुको नियन्त्रणका लागी तारजाली वितरण कार्यक्रमले कृषकहरुलाई प्रभावकारी हुने वडा अध्यक्ष पौडेलले बताए ।

बादर धपाउँनका लागी राज्यले करौडौँ कार्यक्रम गरेपनि प्रभावकारी भएको पाईदैन् । नेपालमै नमुना प्रकृतिको कार्यक्रम भई गत ३ वर्ष अगाडीदेखी अभ्यासमा आएकाले बादर तथा जंगली जन्तु नियन्त्रणका लागी तारजाली निकै प्रभावकारी हुने पाणिनी गाउँपालिका कृषि शाखा प्रमुख मेगराज पौडेलले बताए ।

कार्यक्रम वडा अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षता, गाउँपालिका कृषि शाखा प्रमुख मेगराज पौडेलको प्रमुख आतिथ्यता, सिद्धेश्वर सहकारीका उपाध्यक्ष थानेश्वर पौडेलले मन्तव्य राखेको कार्यक्रम वडा सदस्य हरिप्रसाद पौडेलको स्वागत मन्तव्य र वडा सचिव गिता वाग्लेको सञ्चालनमा सम्पन्न भएको हो । गाउँभरीका कृषकहरुको माग बमोजिम सबै कृषकहरुलाई तारजाली वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्