नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा वसन्तबहादुर कुँवर नियुक्त

| २०७९ चैत १० गते २०: ३६ मा प्रकाशित

अर्घाखाँची। सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा वसन्तबहादुर कुँवरलाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई बढुवा गरेर महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

यसअघि वरीयता मिचेर महानिरीक्षक नियुक्त हुने गरेको भन्दै सरकारको आलोचना हुँदै आएकोमा यस पटक सरकारले वरीयताको पहिलो नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा नियुक्त गरेको हो । 

कुँवरले एक वर्षसम्म प्रहरीको नेतृत्व गर्नुहुनेछ, त्यसपछि उहाँको अवकाश उमेर हुनेछ । आजै प्रहरी महानिरीक्षक धीरजप्रतापसिंहले भने अवकाश प्राप्त गर्नुभएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १ तुमकोट घर भएका कुँवर अशल, कुशल र इमान्दार प्रहरी प्रमुखका रुपमा चिनिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्