एमाले अध्यक्ष केपी शर्मा ओली भोली अर्घाखाँची आउँदै

| २०७९ चैत ११ गते १९: १४ मा प्रकाशित

श्याम घिमिरे,
चैत ११ अर्घाखाँची –एमाले अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओली, भोली अर्घाखाँची आउनुहुने भएको छ । पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्न ओली चैत १२ गते आईतवार अर्घाखाँची आउने एमाले अर्घाखाँची अध्यक्ष पिताम्वर भुसालले जानकारी दिनुभयो । ओली सँगै एमाले उपमहासचिव प्रदिप ज्ञवाली,बिदेश बिभाग प्रमुख राजन भट्टराई लगायतका नेताहरु जिल्लामा आउँने भुसालले बताउनुभयो।

सन्धिखर्क १ मा रहेको संगम फुड ल्याण्डमा हुने कार्यक्रमकोलागी बिभिन्न समितिहरु निर्माणगरी कार्यक्रम व्यवस्थापनको तयारीमा जुटिरहेको र आजै बेलुकासम्म सबै तयारी पुराहुने भुसालको भनाई रहेको छ । प्रशिक्षण भेलामा पार्टी वडाकमिटी पदाधिकारी देखि माथिल्लो जिम्मेवारीका कार्यकर्ता संगै जनसंगठनको पालीका तहका पदाधिकारी भन्दा माथील्लो जिम्मेवारीमा रहेका  १५ सय भन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागीता रहने भुसालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्