पुर्वप्रधानमंत्री केपी शर्मा ओलीले आफ्नी धर्मपत्नी सँगै गरे अर्घा भगवती मन्दिर (अर्घा दरवार) को दर्शन

| २०७९ चैत १३ गते १५: १७ मा प्रकाशित

रमेश थापा ,सन्धिखर्क। नेकपा एमालेको "मिसन ग्रासरुट"बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा अर्घाखाँची पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्घा भगवती मन्दिर (अर्घा दरवार)को दर्शन गरेका छन्। 

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घा मा अवस्थित जिल्लाकै प्रसिद्व पवित्र धार्मिक स्थल अर्घा भगवती मन्दिर (अर्घा दरवार) को आफ्नी श्रीमती राधिका शाक्य को साथमा पुर्व प्रधानमंत्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दर्शन गरेका हुन्। 

एशियाकै सबै भन्दा अग्लो देवीको मुर्ति रहेको अर्घा भगवती मन्दिर मा पछिलो समयमा आन्तरिक देखि बाह्य पर्यटकहरु देबीको दर्शन गर्न आउँने गरेको पाईएको छ। 

पुर्व प्रधानमंत्री केपी शर्मा ओली अर्घा भगवती मन्दिर पुगे संगै स्थानीय देखि मन्दिर व्यवस्थापन समिति अत्यन्तै खुसि मुद्रामा देखिन्थे। 

प्रतिक्रिया दिनुहोस्